अर्थसंक्षेप : मध्यपूर्वको तनावले अर्थतन्त्रलाई पुग्न सक्छ धक्का, आर्थिक वृद्धि हरेक दशकमा औसत करिब ४ प्रतिशत मात्रै र खानेपानी, सिँचाइ-नदी नियन्त्रणका ८२ योजना « Khabarhub

अर्थसंक्षेप : मध्यपूर्वको तनावले अर्थतन्त्रलाई पुग्न सक्छ धक्का, आर्थिक वृद्धि हरेक दशकमा औसत करिब ४ प्रतिशत मात्रै र खानेपानी, सिँचाइ-नदी नियन्त्रणका ८२ योजना


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कस्तो छ आन्तरिक अर्थतन्त्रको विकास ? यसो भन्छ राष्ट्र बैंकको बृहत् आर्थिक प्रतिवेदनले

नेपालको आर्थिक वृद्धि हरेक दशकमा औसत करिब ४ प्रतिशत आसपासमा सीमित रहँदै आएको छ । तथ्यांकअनुसार पछिल्ला वर्षमा पनि यसमा परिवर्तन भएको छैन ।

पछिल्लो दशक (सन् २०१४/१५-०२४/२५) मा नेपालको वार्षिक औसत वृद्धि दर करिब ४.२ प्रतिशत रहेको छ । विशेष गरी सन् २०१६/१७ मा नेपालको अर्थतन्त्र ९ प्रतिशतले वृद्धि भएर नयाँ उच्च विकासको सम्भावना देखाएको थियो ।

तथापि, त्यसपछिका वर्षमा महामारीले समेत प्रभाव पारी अर्थतन्त्रमा मन्दी देखिँदै आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ (सन् २०१९/२०) को भूकम्पपछिको पुन निर्माणको छेउमै कोरोना महामारीले आर्थिक वृद्धि नकारात्मक तहमा पुर्‍यायो ।

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

राष्ट्र बैंकको अर्धवार्षिक प्रतिवेदन : अर्थतन्त्र सुधारोन्मुख, प्रभाव भने असमान

नेपालको अर्थतन्त्र सुधारको बाटोमा रहेको देखाए पनि विभिन्न क्षेत्रमा यसको प्रभाव भने असमान रहेको छ । नेपाल राष्ट्र बैंकले अर्धवार्षिक समष्टिगत आर्थिक प्रतिवेदनमार्फत सो औँल्याएको हो ।

आर्थिक वर्ष २०२५/२६ को पहिलो त्रैमासमा ‘जेन-जी’ आन्दोलनका कारण राजनीतिक र सामाजिक अशान्ति देखिए पनि समग्र आर्थिक परिदृश्य भने स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ । साथै, चालु आर्थिक वर्षमा अर्थतन्त्रका प्रमुख सूचकहरू लक्ष्यभन्दा केही तल रहने अनुमान गरिएको छ ।

एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो सुनको मूल्य

जैमिनीमा कृषि संकलन केन्द्र निर्माण

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ७ : १५ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००