अमेरिकी रक्षा मन्त्रीको दाबी : हिन्द महासागरमा इरानी युद्धपोत डुबाइयो « Khabarhub

अमेरिकी रक्षा मन्त्रीको दाबी : हिन्द महासागरमा इरानी युद्धपोत डुबाइयो


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन-अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा इरानी युद्धपोत डुबाउन अमेरिकाको भूमिका रहेको दाबी गरेका छन्। उनका अनुसार अमेरिकी पनडुब्बीले टोरपेडो प्रहार गरी उक्त जहाज डुबाएको हो।

हेगसेथले दोस्रो विश्वयुद्धपछि पहिलोपटक पनडुब्बीबाट यसरी कुनै जहाज डुबाइएको दाबी गर्दै भने, yत्यो इरानी युद्धपोतलाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा आफू सुरक्षित छु भन्ने लागेको थियो, तर टोरपेडो प्रहार गरेर डुबाइयो।’

उनले डुबाइएको जहाज ‘सुलेमानी’ नामको रहेको बताए, जुन इरानी जनरल क्वासेम सुलेमानीको नाममा राखिएको थियो।

सोलिमानी सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी कारबाहीमा मारिएका थिए। हेगसेथले व्यंग्य गर्दै ‘राष्ट्रपति ट्रम्पले सोलिमानीलाई दुईपटक मारेजस्तो देखियो ।’

श्रीलंकानजिक उक्त इरानी युद्धपोतमा आक्रमण भएको थियो । श्रीलंकानजिक समुद्री क्षेत्रमा इरानी युद्धपोतमा पनडुब्बीबाट आक्रमण भएको हो । प्रारम्भिक विवरणअनुसार ३२ जना घाइते भएका छन् भने केही बेपत्ता छन्।

श्रीलंकाली नौसेनाले खोज तथा उद्धार अभियान जारी राखेको छ। समुद्रबाट केही शव फेला परेका छन्, पहिचान प्रक्रिया जारी रहेको बताइएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ७ : २७ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२