अमेरिकी रक्षा मन्त्रीको दाबी : हिन्द महासागरमा इरानी युद्धपोत डुबाइयो « Khabarhub

अमेरिकी रक्षा मन्त्रीको दाबी : हिन्द महासागरमा इरानी युद्धपोत डुबाइयो


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन-अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा इरानी युद्धपोत डुबाउन अमेरिकाको भूमिका रहेको दाबी गरेका छन्। उनका अनुसार अमेरिकी पनडुब्बीले टोरपेडो प्रहार गरी उक्त जहाज डुबाएको हो।

हेगसेथले दोस्रो विश्वयुद्धपछि पहिलोपटक पनडुब्बीबाट यसरी कुनै जहाज डुबाइएको दाबी गर्दै भने, yत्यो इरानी युद्धपोतलाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा आफू सुरक्षित छु भन्ने लागेको थियो, तर टोरपेडो प्रहार गरेर डुबाइयो।’

उनले डुबाइएको जहाज ‘सुलेमानी’ नामको रहेको बताए, जुन इरानी जनरल क्वासेम सुलेमानीको नाममा राखिएको थियो।

सोलिमानी सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी कारबाहीमा मारिएका थिए। हेगसेथले व्यंग्य गर्दै ‘राष्ट्रपति ट्रम्पले सोलिमानीलाई दुईपटक मारेजस्तो देखियो ।’

श्रीलंकानजिक उक्त इरानी युद्धपोतमा आक्रमण भएको थियो । श्रीलंकानजिक समुद्री क्षेत्रमा इरानी युद्धपोतमा पनडुब्बीबाट आक्रमण भएको हो । प्रारम्भिक विवरणअनुसार ३२ जना घाइते भएका छन् भने केही बेपत्ता छन्।

श्रीलंकाली नौसेनाले खोज तथा उद्धार अभियान जारी राखेको छ। समुद्रबाट केही शव फेला परेका छन्, पहिचान प्रक्रिया जारी रहेको बताइएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ७ : २७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु