टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य « Khabarhub

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १७० रनको लक्ष्य दिएको छ ।

खेल भारतको कोलकातास्थित ईडन गार्डेन्स मैदानमा भइरहेको छ। न्युजिल्यान्डका कप्तान मिचेल स्यान्टनरले टस जितेर पहिले बलिङ रोजेका थिए।

दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको हो । मार्को यानसन ३० बलमा नटआउट ५५ रन बनाएर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । उनले ट्रिस्टन स्टब्ससँग छैठौं विकेटका लागि ४८ बलमा ७३ रनको साझेदारी गरे ।

यस साझेदारीले दक्षिण अफ्रिकालाई १५० रन पारमा पुर्‍याएको थियो । खेलको एक समय टोली ७७ रनमा ५ विकेट गुमाएर दबाबमा परेको थियो।

न्युजिल्यान्डको बलिङतर्फ म्याट हेनरी, कोल म्याककोन्ची र रचिन रविन्द्र ले समान रूपमा २–२ विकेट लिएर साउथ अफ्रिकालाई रोक्ने प्रयास गरे ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ९ : ०८ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका