टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य « Khabarhub

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १७० रनको लक्ष्य दिएको छ ।

खेल भारतको कोलकातास्थित ईडन गार्डेन्स मैदानमा भइरहेको छ। न्युजिल्यान्डका कप्तान मिचेल स्यान्टनरले टस जितेर पहिले बलिङ रोजेका थिए।

दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको हो । मार्को यानसन ३० बलमा नटआउट ५५ रन बनाएर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । उनले ट्रिस्टन स्टब्ससँग छैठौं विकेटका लागि ४८ बलमा ७३ रनको साझेदारी गरे ।

यस साझेदारीले दक्षिण अफ्रिकालाई १५० रन पारमा पुर्‍याएको थियो । खेलको एक समय टोली ७७ रनमा ५ विकेट गुमाएर दबाबमा परेको थियो।

न्युजिल्यान्डको बलिङतर्फ म्याट हेनरी, कोल म्याककोन्ची र रचिन रविन्द्र ले समान रूपमा २–२ विकेट लिएर साउथ अफ्रिकालाई रोक्ने प्रयास गरे ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ९ : ०८ बजे

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन