निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा « Khabarhub

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूलाई आयोगले निर्वाचनबारे ब्रिफिङ गरेको छ ।

आयोगको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न ९ देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा अधिकारीहरूलाई निर्वाचनको तयारी, व्यवस्थापन र प्रक्रियाबारे जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले आज आयोगको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि आउनुभएका विभिन्न देशका निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूलाई निर्वाचनको बारेमा ब्रिफिङ गरेको छ । उहाँहरू आयोगको निमन्त्रणामा हिजो र आज नेपाल आइपुग्नुभएको हो । हामीले आमन्त्रण गरेका निकायहरूमध्ये विभिन्न ९ वटा देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा त्यहाँका कमिसनरहरू आउनुभएको छ,’ उनले भने, ‘उहाँहरूलाई हामीले निर्वाचनको बारेमा जानकारी गरायौँ । उहाँहरूले मतदान सम्पन्न भई मतगणना प्रारम्भ अर्थात् शनिबारसम्म नेपालमा रहुनुहुनेछ । र, यहाँ रहँदासम्म उहाँहरूले आयोगसँगको समन्वयमा तोकिएका मतदान केन्द्रहरूमा गएर मतदानको अवस्था हेर्नुहुनेछ । र, धेरैजनाले हामीलाई बताउनुभएअनुसार, मतदानपश्चात मतगणनाको समेत सर्वेक्षण गर्न उहाँहरू इच्छुक हुनुहुनेछ ।’

निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको सन्दर्भमा पर्यवेक्षकहरूको जिज्ञासा मेटिने गरी आयोगले तथ्यसहित जानकारी गराएको उनको भनाइ छ । उनका अनुसार, विदेशी पर्यवेक्षकहरू मतदान कार्यदेखि मतगणनासम्मको पर्यवेक्षण गर्ने हुँदा शनिबारसम्म नेपालमै रहनेछन् । यस अवधिमा उनीहरू आयोगसँग समन्वय गरी तोकिएका मतदान केन्द्रहरूमा पुगेर मतदान प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १० : २४ बजे

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला

कोरियाको सियोलमा मनाइयो सगरमाथा दिवस

काठमाडौँ– दक्षिण कोरियाको राजधानी सियोलमा ७३औँ सगरमाथा दिवस मनाइएको छ

समूह बनाएर अम्रिसो खेती, डेढ करोड आम्दानी

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

गण्डकी– सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष (आव) २०८३–८४

ट्राफिक कारबाहीबाट ६ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमन एक हजार