व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति « Khabarhub

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन गरेको जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति भएको छ ।

व्यास नगरपालिका–१० बैरेनीमा सञ्चालित जग्गा विकास आयोजनामा फागुन मसान्तसम्म ८० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ । हालसम्म उक्त आयोजनामा चार करोड १६ लाख नौ हजार चार सय ९४ खर्च भएको छ ।

नगरपालिकाले नौ करोड २४ लाख ७० हजार ८१ को लागतमा जग्गा विकास आयोजनाको काम सुरु गरेको हो । प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा ‘रिटेनिङ वाल’ निर्माणका लागि ५९ लाख ९० हजार सात सय ८१ मा ठेक्का लागेको थियो ।

उक्त ठेक्काको जिम्मा विश्वास एण्ड बिपु कन्स्ट्रक्सन जोरपाटीले पाएको थियो । त्यस्तै दोस्रो चरणमा सडक, ढल तथा अन्य संरचना निर्माणका लागि आठ करोड ६४ लाख ७९ हजार दुई सय ३७ मा ठेक्का लागेको थियो । उक्त ठेक्का एचआरभी शिवदेव जेभी धुलिखेलले पाएको छ ।

हालसम्म ‘रिटेनिङ स्ट्रक्चर’लगायत मुख्य ढल निकास र सहायक ढल निकासको अधिकांश निर्माण कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । उनका अनुसार खानेपानी लाइन विस्तार तथा ढल नालाको कभर स्ल्याब निर्माण कार्य भइरहेको छ । यस्तै मुख्य ढल निकास नालीको तीन स्थानमा ‘क्रस ड्रेन स्ट्रक्चर’को निर्माणको कार्य सकिएको उनले बताए । यस्तै स्ट्रक्चरल वाल निर्माण कार्य सम्पन्न भई कार्यालय भवन निर्माण ‘फिनिसिङ’ कार्य अन्तिम चरणमा पुगेको लम्सालले बताए ।

यहाँ विद्युत् पोलको निर्माण गरिने तथा प्रसारण लाइनका लागि सहरी विकास तथा भवन निर्माण विभागको वित्तीय सहयोग र विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको समन्वयमा निर्माण गरिनेछ ।

भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)को प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन सकिएपछि जग्गा एकीकरण आयोजना अगाडि बढाइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार प्रथम चरणमा २६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गर्नका लागि मस्यौदा योजना तयार गरी सहरी विकास मन्त्रालयमा पेस गरिएकामा २०७८ फागुन २ गते सरकारबाट स्वीकृत भएको थियो ।

नगरपालिकाले आयोजना निर्माणका लागि २०८१ मङ्सिर १५ गते नगर विकास कोषसँग ऋण सम्झौता गरेको थियो । सम्झौताअनुसार नगर विकास कोषले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत रकम बेहोर्नेछन् ।

जग्गा एकीकरण आयोजनाका लागि एक लाख ३२ हजार आठ सय १४ वर्ग मिटर (२६१ रोपनी) क्षेत्रफल छुट्याइएको छ । जग्गा एकीकरण आयोजनामा दुई सय ३१ लाभग्राहीका तीन सय ४७ कित्ता समावेश गरिएको छ ।

प्रत्येक जग्गाधनीहरूले गर्नुपर्ने योगदानको विस्तृत योगदान तालिका तथा चक्लाबन्दी नक्सासमेत तयार भइ स्वीकृत भइसकेको छ । आगामी दिनमा जगाको चार किल्ला सीमाङ्कन गरी आयोजनाका सम्बन्धित जग्गाधनीहरूलाई अस्थायी जग्गाधनी प्रमाणपुर्जासहित जग्गा फिर्ता गरिनेछ । त्यसपश्चात् पूर्वाधार निर्माणका लागि आरक्षित घडेरी बिक्री गरी विभिन्न चरणमा नगर विकास कोषलाई ऋण रकम भुक्तानी गरिने जनाइएको छ ।

व्यास नगरपालिका–१० (साविक फराकचौर वडा नम्बर ८, घ र ङ) अन्तर्गतका जग्गामा आयोजना सञ्चालन गरिनेछ । आयोजना सञ्चालनका लागि पूर्वतर्फ व्यास मार्गदेखि ५० मिटरभित्रबाट सुरु फराकचौर ८ ङ (३८७, ४०९, ३३०, ३७०, ३४८, ९७२, ५९३, ६८७, ९४८, ९४९, १०१, १००, ५१६, ९६५,९६२, ९६०, ९६१) फराकचौर ८ घ (५१४, ४९०, ४५६, ४२८, ४८३, ४७६, ४७५, ४७७, १६०, ५७२, ४१७, ७३१, ७३२, ८४२, ८४५, ८४४, ९२७, ६९०) देखि भित्रका कित्ता समावेश छन् ।

पश्चिमतर्फ मादी नदीले कटान गरी बनेको डिल फराकचौर ८ ङ (३) फराकचौर ८ घ (२, १२०६, १२०५) देखि भित्रका कित्ताहरू आयोजनामा समावेश गरिएका छन् । उत्तरतर्फ बोटेनी खोल्सी फराकचौर ८ ङ (२९०, ४३, ८९५, २६५, २६७) देखि भित्रका कित्ताहरू छन् भने दक्षिणतर्फ व्यास मार्गको प्रतिक्षालय चोक देखि बोटे सङ्ग्रहालय जाने बाटो फराकचौर ८ घ (३९०, १३०, १२६०, १४६७, १३३६, ७४२, ७४१, १५१४, १५१५, १२४२, १२४४, १२४५, १२४६, ८८८, ८८७, ८८६, १५४८, १५४६, १५४७, ४०७, ५८५, १३४६) देखि भित्रका कित्ता समावेश रहेको नगरपालिकाले जनाएको छ ।

वैरेनी जग्गा एकीकरण आयोजनाअन्तर्गत एक हजार ५३६ रोपनी सम्भाव्यता अध्ययन गरिएको थियो । व्यास नगरपालिकाको व्यवस्थित सहरीकरणको अभियानमा यो स्वीकृति कोसेढुङ्गा हुने नगरपालिकाको दाबी छ ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ७ : ३१ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला