काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार राति सकिएको खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै पञ्जाबले सहज जित हात पारेको हो ।
चेन्नईले दिएको २१० रनको लक्ष्य पञ्जाबले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्याे । पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले ।
यस्तै, प्रभसिमरन सिंहले ४३, प्रियान्स आर्यले ३९, कुपर कोनलीले ३६, शशांक सिंहले १४ तथा नेहाल बढेराले १० रन लिए ।
चेन्नईका म्याट हेनरी र अन्शुल कम्बोजले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०९ रन बनाएको थियो ।
चेन्नईका आयुष मात्रयले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, शिभम दुवेले ४५, सरफराज खानले ३२, रितुराज गायकवाडले २८, सञ्जु स्यामसनले १४ रन बनाए ।
पञ्जाबका विजयकुमार वैशकले २ तथा जेभियर ब्राटलेट, मार्को यानसन र युजभेन्द्र चहलले समान १ विकेट लिए ।
लगातार दोस्रो जित निकालेको पञ्चाब ४ अंकसहित शीर्षस्थानमा रहेको छ भने पराजित भएको चेन्नई अंकविहीन छ ।













प्रतिक्रिया