काठमाडौँ महानगरभित्र १९ सय सहकारी सञ्चालनमा, ५० प्रतिशतले पनि बुझाउँदैनन् प्रतिवेदन « Khabarhub

काठमाडौँ महानगरभित्र १९ सय सहकारी सञ्चालनमा, ५० प्रतिशतले पनि बुझाउँदैनन् प्रतिवेदन


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन् । नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारी बढी हुनु भनेको त्यस्ता सहकारीमा समस्या छन् भन्ने हो ।

कामपा सहकारी विभागका अनुसार आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका करिब एक हजार ९०० सहकारीमध्ये नियमित रूपमा ७२३ ले मात्रै वार्षिक प्रतिवेदन बुझाउने गरेका छन् ।

कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार महानगरले यसअघि पटकपटक नियमित रूपमा वार्षिक प्रतिवेदन बुझाउनक आग्रह गर्दै आएको छ । लामो समयसम्म पनि विभिन्न बहानामा वार्षिक प्रतिवेदन नबुझाए कानुनी प्रक्रियामा जाने कामपाको तयारी छ ।

काफ्लेले भने, ‘कति सहकारी सम्पर्कमा नै आउँदैन, कति कारबाहीमा परेको हुनाले गर्दैनन् सहकारीले कानुनविपरीत ऋण प्रवाह गरेका सहकारीले पनि नियमित रूपमा प्रतिवेदन नबुझाउने अभ्यास छ । ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन कामपा सहकारी विभागमा बुझाउन यसअघि निर्देशन दिइसकेको छ ।’

उनका अनुसार लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खोरेजीको प्रक्रियामा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि खारेजी प्रक्रिया अघि बढाउने भएको छ ।

ब्याजको लोभमा साँवा गुम्ला !
कामपाले धेरै ब्याजको लोभमा साँवा गुम्नबाट बच्नका लागि बचतकर्ताका लागि आग्रह गरेको छ । कामपा सहकारी विभागका काफ्लेका अनुसार बचत गरीसकेपछि पछुताउनुभन्दा बचत गर्नुपूर्वनै उक्त सहकारी नियमअनुसार सञ्चालन भएको हो कि छैन, उक्त सहकारीको् लेखा परीक्षण नियमित गरिएको छैकी छैन, ब्याजदर स्वभाविक छ की छैन, संस्थाको वित्तीय पारदर्शिकता कस्तो छ, नियामक निगरानी छ की छैन, जस्ता विषय बुझेर मात्र पैसा बचत गर्नुपर्छ ।

प्रमुख काफ्लेले भने, ‘मेरोको साथीको सहकारी, आफन्तले सञ्चालन गरेको सहकारी हो मैले सुजबुजबिनै पैसा बचत गर्न भइहाल्छ भन्ने मानसिकताबाट ढाडा रहनुपर्छ अन्यथा बचत डुब्न सक्छ ।’ अहिले धेरै सहकारीहरू आफ्ना आफ्ना मिलेर सञ्चालन गर्दा समस्या आएको छ पैसा रहुञ्जेल प्रयोग गर्ने नियमित रूपमा गर्नुपर्ने कानुनी प्रक्रिया नहुँदा समस्या छ । (रासस)

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  १२ : ०९ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि