भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा « Khabarhub

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्ड’ प्रदर्शन भएको छ ।

सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फिल्म निफ अन्तर्गत ‘सिजाङ पानोरमा’मा प्रदर्शन गरिएको हो ।

तिब्बती गोठालाहरूको जीवन र मानव-वातावरणबीचको सहअस्तित्वको कथामा बनेको यस फिल्मले भेनिसमा समेत चर्चा पाएको थियो ।

सिजाङ पानोरमा अन्तर्गत शनिबार अन्य तीन फिल्महरू ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ र ‘सनराइज ओभर द प्लेटो’ प्रदर्शन भए । यी तीनै फिल्म भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा प्रदर्शन भएका हुन् ।

गुओ यिफीको निर्देशनमा बनेको ‘होम अवे होम क्लोज’ले स्थानीय गोठालाहरूका लागि ‘मोबाइल फोटो स्टुडियो’ नामक जनसेवा पहल सुरु गर्न भौगोलिक जटिलता सामना गर्ने एक युवकको कथा प्रस्तुत गरेको छ ।

फिल्म ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’को निर्देशक ज्याक मालाटेरे हुन् । यस फिल्मले शैक्षिक मुद्दा उठान गरेको छ ।

सियाओ सियाओवाईको निर्देशनमा बनेको फिल्म ‘सनराइज ओभर द प्लेटो’ले साधारण परिवारहरूको शिक्षा, अर्थतन्त्र र संस्कृतिमा आएको असामान्य परिवर्तनहरूलाई उजागर गरेको छ ।

यस पानारोमा अन्तर्गत आइतबार फिल्महरू ‘वारियर किङ’ र ‘डिस्कोभरिङ सिजान २०२६’ पनि प्रदर्शन हुनेछ ।
निफअन्तर्गतको ‘सिजाङ पानोरमा’मा प्रतिस्पर्धाबाहिरको विशेष प्रदर्शन कार्यक्रम हो ।

निफमा शनिबार प्रतिस्पर्धामा रहेका फिल्महरू सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा प्रदर्शन भए ।

पर्यटनमा बोर्डमा ‘निफ फिचर पिच’ कार्यक्रम पनि भएको थियो । जसमा नयाँ र युवा लेखकहरूले निर्मातालाई कथा सुनाएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ४ : ५३ बजे

काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन  

काठमाडौं–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने

काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनः निर्माणमा हाल केही

मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति

टीकापुर– टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार