फोहरबाट मोहर : व्यासले कमायो १७ लाख « Khabarhub

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख १३ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३-८३ को साउनदेखि फागुनसम्मको अवधिमा उक्त आम्दानी भएको हो । 

नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गरी आम्दानी गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।

उनले भने, ‘संकलन गरी बिक्री गर्न थालेपछि फोहर नगरपालिकाको आम्दानीको स्रोत बनेको छ ।’

व्यास नगरपालिकाले दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर संकलन गर्दै आएको छ । कुहिने फोहरलाई व्यास–१० भतेरीस्थित गौः संरक्षण केन्द्रमा व्यवस्थापन गरिएको छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने लक्ष्यका साथ बिक्री गर्न थालिएको प्रशासकीय अधिकृत लम्सालले बताए। नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालेको हो ।

प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने, ‘नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने फोहर भण्डारण गर्ने व्यवस्था मिलाएका छौँ ।’

कार्यालयका अनुसार अल्मुनियम प्रतिकिलो ६०, फलाम रु ३५, टिन रु २५, बोतल २३, कपडा पाँच रुपैयाँ ५० पैसा, कपी १६ तथा  किताब प्रतिकिलो १४ का दरले बिक्री गरिँदै आएको छ । यसअघि उक्त फोहर व्यास–३ मादी नदी किनारमा व्यवस्थापन गरिँदैआएको थियो ।

 उक्त सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नकुहिने फोहर दिगो व्यवस्थापन गर्न जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए। 

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ४ : ४४ बजे

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर