ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र « Khabarhub

ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतबाट छोड्न प्रधानमन्त्री बालेन्द्र शाहलाई खुलापत्र लेखेका छन्।

गौतमले ७४ वर्षीय ओली वृद्ध र शारीरिक रूपमा अस्वस्थ रहेको भन्दै यस अवस्थामा उनलाई हिरासतमा राख्नु उचित नभएको बताएका छन्। उनले रातारात घर घेरेर बिहानै पक्राउ गर्ने शैली गलत भएको भन्दै प्रधानमन्त्रीलाई उक्त गल्ती सच्याउन अनुरोध पनि गरेका छन्।

‘केपी शर्मा ओलीमाथि लगाइएका वा गर्न खोजिएका कसुरको घटना, प्रमाण र कानुनले के भन्छ भन्ने परीक्षण पहिला हुनुपर्ने थियो,’ गौतमले भने। ‘त्यो नगरी रातारात पक्राउ गर्नु गलत भयो। म अनुरोध गर्दछु, यो गल्ती सच्याउनुहोस्। एउटा वृद्ध र अस्वस्थ राजनीतिक व्यक्तिलाई यस्तो तहको कष्टमा पार्नु ठीक छैन।’

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ५ : ४३ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय