ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र « Khabarhub

ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतबाट छोड्न प्रधानमन्त्री बालेन्द्र शाहलाई खुलापत्र लेखेका छन्।

गौतमले ७४ वर्षीय ओली वृद्ध र शारीरिक रूपमा अस्वस्थ रहेको भन्दै यस अवस्थामा उनलाई हिरासतमा राख्नु उचित नभएको बताएका छन्। उनले रातारात घर घेरेर बिहानै पक्राउ गर्ने शैली गलत भएको भन्दै प्रधानमन्त्रीलाई उक्त गल्ती सच्याउन अनुरोध पनि गरेका छन्।

‘केपी शर्मा ओलीमाथि लगाइएका वा गर्न खोजिएका कसुरको घटना, प्रमाण र कानुनले के भन्छ भन्ने परीक्षण पहिला हुनुपर्ने थियो,’ गौतमले भने। ‘त्यो नगरी रातारात पक्राउ गर्नु गलत भयो। म अनुरोध गर्दछु, यो गल्ती सच्याउनुहोस्। एउटा वृद्ध र अस्वस्थ राजनीतिक व्यक्तिलाई यस्तो तहको कष्टमा पार्नु ठीक छैन।’

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ५ : ४३ बजे

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६