युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते « Khabarhub

युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेनसी– युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण परी पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएको अधिकारीहरूले  बताएका छन् । क्षेत्रीय गभर्नर ओलेक्सान्डर गन्जाले टेलिग्राम पोस्ट मार्फत आक्रमणमा तीन महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको बताएका छन् । 

उनले घाइते भएका १९ जना मध्ये एक १४ वर्षीया बालिकाको अवस्था गम्भीर रहेको जनाएका छन् । 

उत्तरपूर्वी सहर खार्किवमा शनिबार भएको घटनाको क्षेत्रीय प्रहरीले समेत पुष्टि गरेको छ । युक्रेनी वायु सेनाले रूसले रातारात २८६ वटा ड्रोन प्रहार गरेको र तीमध्ये २६० वटा रोक्न सफल भएको बताएको छ ।

उत्तरी सुमी क्षेत्रमा भएको आक्रमणमा ११ जना घाइते भएको प्रहरीले जनाएको छ । युक्रेनी आपतकालीन सेवाले जारी गरेको तस्बिरमा आक्रमणको कारण आगलागी भएको भवन देखाएको थियो ।

रूस र युक्रेनको सिमानामा रहेको दक्षिणी रोस्तोभ क्षेत्रमा भएको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको क्षेत्रीय गभर्नर युरी स्लुसारले बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग वार्ताका लागि शनिबार अन्कारा पुगेको जनाइएको छ । यस अघि संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा दुई पक्षहरू बिचको वार्ता मध्यपूर्वमा भएको युद्धको कारण अवरुद्ध भएको थियो ।

गत हप्ता जेलेन्स्कीले धेरै मध्य पूर्वी देशहरूको भ्रमण गरी कतार र साउदी अरबसँग रक्षा सम्झौताहरूमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ५ : ४९ बजे

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित