आईपीएल : दिल्लीको लगातार दोस्रो जित, मुम्बई ६ विकेटले पराजित « Khabarhub

आईपीएल : दिल्लीको लगातार दोस्रो जित, मुम्बई ६ विकेटले पराजित


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आठौँ खेलमा दिल्ली क्यापिटल्सले ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै दिल्लीले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको हो।

अरूण जेट्ली रंगशालामा शनिबार भएको खेलमा टस जितेर पहिले बलिङ रोजेको दिल्लीले मुम्बईलाई २० ओभरमा ६ विकेट गुमाएर १६२ रनमा सीमित गर्‍यो । जवाफमा १६३ रनको लक्ष्य दिल्लीले १८ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

दिल्लीको जितमा इम्प्याक्ट खेलाडी समीर रिजवीले उत्कृष्ट प्रदर्शन गर्दै ५१ बलमा ९० रन बनाए। यो उनको यस सिजनको लगातार दोस्रो अर्धशतक हो। साथै पाथुम निसांकाले ४४ रन र डेविड मिलरले अविजित २१ रनको योगदान दिए।

मुम्बईका लागि दीपक चाहर, कर्बिन बोस र मिचेल स्यान्टनरले समान १–१ विकेट लिए। नीतीश राणालाई जसप्रित बुमराहले रनआउट गराए ।

यसअघि ब्याटिङ गरेको मुम्बईका लागि सूर्यकुमार यादवले ५१ रनको अर्धशतक बनाए। त्यस्तै रोहित शर्माले ३५, नमन धीरले २८ तथा स्यान्टनरले अविजित १८ रन जोडे।

दिल्लीका लागि मुकेश कुमारले २ विकेट लिए भने अक्षर पटेल, लुंगी एनगिडी, विपराज निगम र टी नटराजनले समान १–१ विकेट हात पारे।

मुम्बईका नियमित कप्तान हार्दिक पाण्ड्या भने यस खेलमा सहभागी भएनन्। टसका क्रममा सूर्यकुमार यादवले उनी पूर्ण रूपमा फिट नभएकाले आफूले टोलीको कप्तानी सम्हालेको जानकारी दिएका थिए।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ८ : २२ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण