हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित « Khabarhub

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले लिभरपुल माथि ४–० को प्रभावशाली जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। लिभरपुल भने प्रतियोगिताबाट बाहिरिएको हो।

अर्लिङ हालान्डले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे। उनले पहिलो गोल पेनाल्टीमार्फत गरेका थिए भने दोस्रो गोल हेडमार्फत पहिलो हाफको अन्त्यतिर गरेका थिए। तेस्रो गोल दोस्रो हाफमा गर्दै उनले टोलीको जित सुनिश्चित गरे।

खेलको सुरुआतमा लिभरपुलले राम्रो प्रदर्शन गरे पनि निर्णायक समयमा रक्षात्मक कमजोरी देखिएको थियो। कप्तान भर्जिल भान डाइकले पेनाल्टी दिएपछि खेलको मोड सिटीतर्फ मोडिएको थियो। त्यसपछि सिटीले लगातार आक्रमण गर्दै खेलमा पूर्ण नियन्त्रण कायम गर्‍यो।

सिटीका लागि अर्को गोल एन्टोइन सेमेन्योले गरे। दोस्रो हाफ सुरु भएको केही समयमै उनले गोल गर्दै अन्तर फराकिलो पारेका थिए।

लिभरपुलका स्टार खेलाडी मोहम्मद सलाहले पेनाल्टी अवसर खेर फालेपछि टोलीको पुनरागमन सम्भावना कमजोर बनेको थियो। खेलभर सिटीले दबाब बनाइरहँदा लिभरपुल प्रभावहीन देखियो ।

यो जितसँगै म्यानचेस्टर सिटी लगातार आठौँ पटक एफए कपको सेमिफाइनलमा पुगेको छ भने लिभरपुलका लागि यो हार ठूलो झट्का बनेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  १० : २७ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले