इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा « Khabarhub

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित गर्दै इटालीको सिरी ए उपाधि जितेको छ । यो जितसँगै इन्टरले पछिल्लो ६ सिजनमा तेस्रो पटक उपाधि जितेको हो । उपाधि निश्चित भएपछि सानसिरो र मिलान सहरमा समर्थकले खुसीयाली मनाए।

इन्टरको जितमा मार्कस थुराम र हेनरिक मखाटेरियनले एक–एक गोल गरे । लिगमा अब तीन चरणका खेल बाँकी रहँदै इन्टरले दोस्रो स्थानमा रहेको नेपोलीमाथि १५ अङ्कको निर्णायक अग्रता बनाउन सफल भएको छ ।

अङ्क तालिकामा इन्टरको ३५ खेलबाट ८२ अङ्क भएको छ । समान खेलबाट नेपोलीको ७० र एसी मिलानको ६७ अङ्क रहेको छ । सिरी ए च्याम्पियन बनेको इन्टरले अब अर्को साता कोपा इटालियाको फाइनलमा लाजियोको सामना गर्नेछ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ८ : ०६ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित