पहिरोले अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा « Khabarhub

पहिरोले अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिनदेखिको वर्षासँगैको बाढी पहिराका कारण अवरुद्ध मुख्य राजमार्गहरू केही एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।

यही वैशाख १२ गतेको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका-५ बोखिमको मध्यपहाडी लोकमार्ग, वैशाख १६ गतेको पहिराले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ जलथलेस्थित बेनी-जोमसोम सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका-१० बिमिरेभन्ज्याङस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा सञ्चालन भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले भने, ‘बाढी र पहिराका कारण पूर्ण रुपमा अवरुद्ध भएका केही राजमार्ग र सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा ल्याइएका छन् । वैशाख १६ गतेको पहिराका कारण पूर्ण रुपमा अवरुद्ध भएको सिन्धुपाल्चोक भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्गमा भने अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।’

वर्षातको समयमा बाढी पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १२ : ५१ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार