पहिरोले अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा « Khabarhub

पहिरोले अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिनदेखिको वर्षासँगैको बाढी पहिराका कारण अवरुद्ध मुख्य राजमार्गहरू केही एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।

यही वैशाख १२ गतेको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका-५ बोखिमको मध्यपहाडी लोकमार्ग, वैशाख १६ गतेको पहिराले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ जलथलेस्थित बेनी-जोमसोम सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका-१० बिमिरेभन्ज्याङस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा सञ्चालन भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले भने, ‘बाढी र पहिराका कारण पूर्ण रुपमा अवरुद्ध भएका केही राजमार्ग र सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा ल्याइएका छन् । वैशाख १६ गतेको पहिराका कारण पूर्ण रुपमा अवरुद्ध भएको सिन्धुपाल्चोक भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्गमा भने अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।’

वर्षातको समयमा बाढी पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १२ : ५१ बजे

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको