पत्रकारले भिडियो खिचेपछि रिसाए प्रधानमन्त्री, तात्तातै निर्देशनपछि सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोके « Khabarhub

पत्रकारले भिडियो खिचेपछि रिसाए प्रधानमन्त्री, तात्तातै निर्देशनपछि सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोके


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा मन्त्रिपरिषद् बैठकका क्रममा सञ्चारकर्मीहरूलाई फोटो-भिडियो खिच्न निषेध गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहकै निर्देशनमा आइतबार मन्त्रिपरिषद् बैठक सुरू हुनुअघि सुरक्षाकर्मीहरूले सञ्चारकर्मीलाई भिडियो-फोटो खिच्न रोकेका हुन् ।

मन्त्रिपरिषद्को कार्यालय परिसरको दृश्य बाहिरैबाट खिचिरहेका पत्रकारहरूलाई प्रधानमन्त्री शाहको तात्तातै निर्देशनपछि सुरक्षाकर्मीहरूले खिच्न नदिएका हुन् ।

बैठकमा सहभागी हुन बालुवाटारबाट आइपुगेका प्रधानमन्त्री शाहले आफ्नो भिडियो खिचिरहेको देखेपछि सुरक्षाकर्मीतिर इशारा गर्दै असन्तुष्टि व्यक्त गरे।

वालेन्द्रको असन्तुष्टि प्रकट भएलगत्तै सुरक्षाकर्मीहरूले मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा उभिएर भिडियो खिचिरहेका सञ्चारकर्मीलाई हट्न भने । त्यससँगै उनीहरूलाई भिडियो नखिच्न पनि तिनै सुरक्षाकर्मीले निर्देशन दिएर।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १२ : ५१ बजे

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी– गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटना

कपन साततलेमा १३ वटा डोजरले घर भत्काउँदै (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको कपनस्थित साततले क्षेत्रमा डोजर प्रयोग गरेर घरटहरा भत्काउने

ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

कञ्चनपुर– यहाँको पुनर्वास नगरपालिका–७ स्थित  इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित भइ

पश्चिम बंगालमा भाजपा धेरै अगाडि, बनर्जी सरकार पतनको संघारमा

काठमाडौं- भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा भएको

होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशले तेल उत्पादन बढाउने

भियना- तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा