पत्रकारले भिडियो खिचेपछि रिसाए प्रधानमन्त्री, तात्तातै निर्देशनपछि सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोके « Khabarhub

पत्रकारले भिडियो खिचेपछि रिसाए प्रधानमन्त्री, तात्तातै निर्देशनपछि सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोके


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा मन्त्रिपरिषद् बैठकका क्रममा सञ्चारकर्मीहरूलाई फोटो-भिडियो खिच्न निषेध गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहकै निर्देशनमा आइतबार मन्त्रिपरिषद् बैठक सुरू हुनुअघि सुरक्षाकर्मीहरूले सञ्चारकर्मीलाई भिडियो-फोटो खिच्न रोकेका हुन् ।

मन्त्रिपरिषद्को कार्यालय परिसरको दृश्य बाहिरैबाट खिचिरहेका पत्रकारहरूलाई प्रधानमन्त्री शाहको तात्तातै निर्देशनपछि सुरक्षाकर्मीहरूले खिच्न नदिएका हुन् ।

बैठकमा सहभागी हुन बालुवाटारबाट आइपुगेका प्रधानमन्त्री शाहले आफ्नो भिडियो खिचिरहेको देखेपछि सुरक्षाकर्मीतिर इशारा गर्दै असन्तुष्टि व्यक्त गरे।

वालेन्द्रको असन्तुष्टि प्रकट भएलगत्तै सुरक्षाकर्मीहरूले मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा उभिएर भिडियो खिचिरहेका सञ्चारकर्मीलाई हट्न भने । त्यससँगै उनीहरूलाई भिडियो नखिच्न पनि तिनै सुरक्षाकर्मीले निर्देशन दिएर।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १२ : ५१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली