दुईदिने सार्वजनिक बिदा : पोखराको पर्यटनमा सकारात्मक प्रभाव « Khabarhub

दुईदिने सार्वजनिक बिदा : पोखराको पर्यटनमा सकारात्मक प्रभाव


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिएसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ ।

दुईदिने बिदाका कारण पोखराका होटेलमा विगतको तुलनामा १० प्रतिशत पर्यटकहरू बढेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरामा विशेषगरी आन्तरिक पर्यटकको चहलपहल बढेको र यस समयमा क्षमताको १० प्रतिशत थप पर्यटकहरू बढिरहेको उनले जानकारी दिए ।

‘सामान्यतः दुईदिने बिदाका कारण आन्तरिक पर्यटकहरू दुई दिन पोखरामा बिताएर फर्कने गरेका छन्’, उनले भने, ‘यसले समग्र पोखराको पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पुर्‍याएको छ ।’

पोखरा आउने पर्यटकहरू पोखराको फेवातालसहित लेखनाथ क्षेत्रका तालहरूमा घुमफिर, जलविहार गर्नाका साथै साहसिक पर्यटनका गतिविधिहरू प्याराग्लाइडिङ, बञ्जीजम्प, जिपलाइन आदिमा रमाउने गरेका छन् ।

पोखरामा रहेका धार्मिक पर्यटकीय तीर्थस्थलहरू विन्ध्यवासिनी, तालबाराही, पुम्दीकोट, गुप्तेश्वर महादेव गुफा, विश्व शान्ति स्तूप आदिमा पुग्ने गरेका छन् भने अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर महादेव गुफा आदिको अवलोकन गर्ने गरेका छन् ।

आन्तरिक पर्यटन बढाउनका लागि सङ्घले यसअघि पटकपटक दुईदिने बिदाको विषय समेत उठाएको बताउँदै उनले यसले पोखराको मात्र नभई समग्र देशको पर्यटनमा टेवा पुगेको धारणा राखे।
    
पोखराको पर्यटनमा विशेषगरी फागुन, चैत र वैशाख तथा असोज, कात्तिक र मङ्सिरलाई मुख्य पर्यटकीय यामका रुपमा लिने गरिएको छ । वर्तमानमा होटेलहरूको क्षमताको करिब ६० प्रतिशत भरिभराउ भइरहेको अध्यक्ष सुवेदीले जानकारी दिए ।

पोखराको समग्र पर्यटनमा भएको आठ खर्ब लगानीमध्ये छ खर्ब लगानी यहाँका होटेलमा रहेको उनले जानकारी दिए । उनका अनुसार करिब एक हजार २०० को सङ्ख्यामा होटेलहरू रहेको पोखराले दिनमा ४० हजार जनासम्म पर्यटक राख्न सक्छ । 

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १ : ०७ बजे

बालेनले भत्काएको सुकुम्वासी बस्तीमा पुगे हर्क

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ थापाथलीस्थित भत्काइएका सुकुम्वासी

होर्मुज क्षेत्रमा जहाज आवागमन सहज बनाउन ‘प्रोजेक्ट फ्रीडम’ सुरु हुने

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार जानकारी गराउँदै मध्यपूर्वको अत्यन्त

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं- व्यवसायी दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्च अदालतले सोमबार आदेश

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

एजेन्सी– फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पले

कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न आग्रह

कर्णाली– कर्णाली प्रदेश सरकारले कार्यान्वयनयोग्य  आयोजना तथा कार्यक्रम प्रस्ताव गरेर