नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन « Khabarhub

नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर लगाउने नीतिको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।

राष्ट्रिय एकता दलको नेतृत्वमा सोमबार माइतिघरमा आयोजित प्रदर्शनमा सहभागीहरूले उक्त मापदण्ड हटाउन माग गरेका हुन्। 

उनीहरूले सीमामा कडाइ गर्दा सीमा क्षेत्रका बासिन्दाले दैनिक उपभोग्य वस्तुमा समेत कर तिर्नुपर्ने बाध्यता रहेको र यसले जीवनयापनमा समस्या उत्पन्न भएको बताएका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘सीमामा १०० को नियम हटाऊ’, ‘गरीबको हक अधिकार बचाऊ’, ‘मानव अधिकारको रक्षा गर’ र ‘सीमानाका किसानलाई मल देऊ’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले सीमावर्ती क्षेत्रका नागरिकमाथि अन्याय भइरहेको भन्दै तत्काल १०० रुपैयाँको मापदण्ड खारेज गर्न सरकारसँग माग गरे।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ५ : २८ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या