लिपुलेकबारे विद्यार्थीको नारा, ‘ओइ सरकार, हाम्रो भूमि खोई’ « Khabarhub

लिपुलेकबारे विद्यार्थीको नारा, ‘ओइ सरकार, हाम्रो भूमि खोई’


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सुचारु गर्ने भारतको निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

सोमबार माइतिघर मण्डलामा आयोजित प्रदर्शनमा विद्यार्थीहरूले उक्त निर्णयलाई हस्तक्षेपकारी र अतिक्रमणकारी भन्दै आपत्ति जनाएका थिए ।

प्रदर्शनमा सहभागीहरूले चीनको संलग्नता रहेको आरोपसमेत लगाउँदै विरोध जनाएका थिए । उनीहरूले ‘लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो’, ‘ओइ सरकार हाम्रो भूमि खोइ’, ‘भारतीय हस्तक्षेप बन्द गर’, ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरूले नेपालको भूमि अतिक्रमणको प्रयास भइरहँदा सरकार मौन बसेको भन्दै आलोचना गरेका छन् । साथै, उनीहरूले नेपाल, भारत र चीनबीच तत्काल कूटनीतिक संवाद गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ५ : ५२ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय