लिपुलेकबारे विद्यार्थीको नारा, ‘ओइ सरकार, हाम्रो भूमि खोई’ « Khabarhub

लिपुलेकबारे विद्यार्थीको नारा, ‘ओइ सरकार, हाम्रो भूमि खोई’


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सुचारु गर्ने भारतको निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

सोमबार माइतिघर मण्डलामा आयोजित प्रदर्शनमा विद्यार्थीहरूले उक्त निर्णयलाई हस्तक्षेपकारी र अतिक्रमणकारी भन्दै आपत्ति जनाएका थिए ।

प्रदर्शनमा सहभागीहरूले चीनको संलग्नता रहेको आरोपसमेत लगाउँदै विरोध जनाएका थिए । उनीहरूले ‘लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो’, ‘ओइ सरकार हाम्रो भूमि खोइ’, ‘भारतीय हस्तक्षेप बन्द गर’, ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरूले नेपालको भूमि अतिक्रमणको प्रयास भइरहँदा सरकार मौन बसेको भन्दै आलोचना गरेका छन् । साथै, उनीहरूले नेपाल, भारत र चीनबीच तत्काल कूटनीतिक संवाद गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ५ : ५२ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति