सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की « Khabarhub

सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यमीहरूको आर्थिक विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल उद्योग परिसङ्घद्वारा आज विराटनगरमा आयोजित महिला नेतृत्व शिखर सम्मेलनको उद्घाटन गर्दै उनले महिला उद्यमीलाई प्रदेश सरकारले दुईदेखि छ वर्षसम्म ब्याज अनुदानमा १२ बैंकमार्फत छ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था गराएको जानकारी दिए ।

उनले प्रदेश सरकारले नीति तथा कार्यक्रम एवं बजेट बनाउनु अघि महिला उद्यमीहरूले आफ्नो योजना ल्याएर सम्झौता गर्न आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा दर्ता भएका घरेलु कपडा उद्यमीहरूको प्रवर्द्धन गर्न प्रदेश सरकारअन्तर्गत चार हजार कर्मचारीहरूले हप्तामा एक दिन घरेलु कपडा लगाउनुपर्ने बताए ।

उनले व्यापारीहरूले प्रदर्शनी स्थलका लागि जग्गा उपलब्ध गराएमा प्रदेश सरकारले भवन निर्माणका लागि बजेट विनियोजन गर्ने जानकारी दिए । 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गत वर्ष आयोजना गरेको लगानी सम्मेलनमा सम्झौता भएका एक दर्जन परियोजना र जेठ महिनाभित्र थप चार वटा परियोजना कार्यान्वयनमा आउने बताए । 

उनले किसानका कृषि उत्पादनलाई बजारमा जोड्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । परिसङ्घका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डे, महिला उद्यमी एवं सांसद विदूषी राणा, पवल गोल्याण लगायतले आगामी दिनमा एक हजार महिलालाई रोजगारी उपलब्ध गराउने बताए । 

सम्मेलनमा प्रदेशका ३०० महिलाको सहभागिता रहेको छ । परिसङ्घले मेक इन नेपालको १४ स्टलमा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी गरिएको छ । 

सम्मेलनले महिलालाई कृषि, सीप, सिर्जनशिलता र डिजिटल नवप्रवर्द्धनमार्फत दिगो समृद्धि ल्याउनु सम्मेलनको मुख्य उद्देश्य रहेको छ । 
 

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ६ : १५ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा