सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल « Khabarhub

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो, आधुनिक, उत्तरदायी, प्रविधीमैत्री र परिणाममुखी सुरक्षा संस्थाका रूपमा विकास गरिने बताएका छन् ।

महानिरीक्षकको दर्ज्यानी चिह्नबाट शुशोभित भएपछि सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आज पदवाहालीका क्रममा सकल दर्जालाई सम्बोधन गर्दै उनले गैरव्यावसायिक आचरण, भ्रष्टाचारजन्य क्रियाकलाप तथा बाह्य प्रभावप्रति शून्य सहनशीलताको नीतिलाई न्यूनतम सर्तका रूपमा कार्यान्वयन गरिने बताए ।

महानिरीक्षक पौडेलले अनुशासन, ‘चेन अफ कमाण्ड’ र संस्थागत निष्ठा नै सङ्गठनको आधारशीला रहेको उल्लेख गर्दै साङ्गठनिक हित र व्यावसायिकतामा कुनै सम्झौता नहुने स्पष्ट पारे । सशस्त्र प्रहरी ऐन तथा नियमावलीको समयसापेक्ष परिमार्जनको प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै उनले सङ्गठनको आधुनिकीकरण एवं आवश्यक स्रोतसाधनको उपलब्धताका लागि पहल गरिने बताए ।

महानिरीक्षक पौडेलले भने, ‘सङ्गठनलाई आधुनिक, सक्षम र भविष्यमा आइपर्ने चुनौतीको सामना गर्न तयार बनाउने दिशामा केन्द्रित भई तालिम प्रणालीलाई समयसापेक्ष, व्यावहारिक र प्रविधिमैत्री बनाइ ज्ञान मात्र नभई सीप र नेतृत्व क्षमता विकासमा समेत जोड दिइनेछ ।’

उनले कार्यगत क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई संस्थागत रूपमा विस्तार गर्दै दङ्गा व्यवस्थापन, आन्तरिक सुरक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा आधुनिक उपकरण, क्षमताको विकास तथा द्रुत प्रतिक्रिया संयन्त्रलाई सुदृढ बनाइने बताए ।

‘सीमा सुरक्षालगायत प्रमुख जिम्मेवारीलाई बिओपीहरूको विस्तारसहित रणनीतिक परिचालन, अत्याधुनिक स्रोतसाधनको व्यवस्थापनमा जोड दिइने छ । प्रविधिमैत्री सीमा निगरानी एवं ‘डिजिटल बोर्डर’ अवधारणाअनुसार सीमावर्ती नाकामा आवतजावतलाई सहजीकरण गर्दै आपराधिक क्रियाकलाप निस्तेज पारिनेछ’, महानिरीक्षक पौडेलले भने ।

उनले बाढी, पहिरो, भूकम्प, हिमपहिरो तथा दुर्गम क्षेत्रमा हुने उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन अत्याधुनिक उपकरण, विशेष तालिम, उच्च पर्वतीय उद्धार क्षमता र समुदायमा आधारित स्वयंसेवक तालिम तथा पूर्वतयारी प्रणालीलाई विस्तार गरी अझ प्रभावकारी विपद् प्रतिकार्यको पर्यायका रूपमा सशस्त्र प्रहरीलाई स्थापित गरिने दृढता व्यक्त गरे ।

पदवहालीका क्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले हल्चोकस्थित अमर सशस्त्र प्रहरी स्मारकमा ‘रिथ’ अर्पण गरेका थिए । त्यसअघि उहाँको सम्मानमा सम्मान गारद टोलीले सलामी अर्पण गरेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ८ : ५२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा