पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धी कसुरमा पुनः पक्राउ « Khabarhub

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धी कसुरमा पुनः पक्राउ


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र सम्बन्धी कसुरमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि थुनामुक्त भएका गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिरासतबाट बाहिर निस्कन नपाउँदै बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले धितोपत्र सम्बन्धी मुद्दामा उनलाई थुनामुक्त गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको थियो । तर अदालतले उनलाई हिरासतमा राख्ने प्रक्रियामा कानुनी त्रुटि भएको ठहर गर्दै परमादेश जारी गरेको थियो ।

अदालतले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०४ (१) अनुसार अभियुक्त फरार हुन सक्ने वा बिगो हानी–नोक्सानी देखिएको अवस्थामा मात्र धरौटी वा जमानत माग गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको थियो । सो कानुनी आधार पालना नगरी उनलाई हिरासतमा राख्ने निर्णय भएको भन्दै जिल्ला अदालतको आदेश बदर गरिएको थियो ।

यसपछि गोल्छाले धितोपत्र मुद्दामा धरौटी बुझाएर रिहा पाएका थिए। तर, रिहा हुने क्रममा नै सीआईबीले उनलाई बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १० : ३४ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत