तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति « Khabarhub

तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व रकम सङ्कलन गरेको छ ।  गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा लक्ष्य अर्थात् अनुमान गरेकोभन्दा बढी आन्तरिक राजस्व रकम सङ्कलन गरेको हो ।

महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार पालिकाले त्यस आवमा २६ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । 

गाउँपालिकाले चालु आवमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका ठेक्कामार्फत काम भइरहेका छन् ।

करिब १२५ वटा योजना उपभोक्ता समितिबाट निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका योजना शाखाका प्रमुख धीरेन्द्रविक्रम थापाले बताएका छन् । 

गाउँपालिकाले आव २०८१/८२ मा २० लाख भन्दामाथिका योजना १४, पाँच लाखदेखि ५० लाखसम्मका ६१ र पाँच लाखभन्दा कम लागतका ११ वटा आयोजना गरी जम्मा ८६ वटा योजना निर्माण सम्पन्न गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार उक्त आवमा ठूला आठवटा योजना ठेक्कामार्फत सम्पन्न भई सञ्चालनमा आएका छन् । 

त्यसमध्ये पालिकाको जनजागृति आधारभूत विद्यालय पक्की भवन, मानेचौर सिलचौर सडक, सरस्वती आधारभूत विद्यालय भवन, सुडी सामुदायिक भवन, ग्रामीण कृषि सडक रारादेखि घोडेसुडी मानेचौर, राँसाखोप्रीदेखि कयरकोटसम्म सडक निर्माण गरिएको छ । सोही आवमा नयाँ सडकको ट्रयाक करिब ३६ किमी निर्माण गरेको गाउँपालिका अध्यक्ष रोकायाले बताए ।  

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  १२ : २१ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट