कालिमाटी-कुलेश्वर करिडोर विस्तारसँगै भीममुक्तेश्वर क्षेत्रको आवतजावत सहज (तस्बिरहरू) « Khabarhub

कालिमाटी-कुलेश्वर करिडोर विस्तारसँगै भीममुक्तेश्वर क्षेत्रको आवतजावत सहज (तस्बिरहरू)


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका–१३ अन्तर्गतको भीममुक्तेश्वर क्षेत्र नजिक विष्णुमती नदीको दायाँ किनारमा रहेको करिडोर सडक अहिले पूर्ण रूपमा पक्की बनाइएको छ । 

यसअघि टेकुतर्फको खण्ड मात्र कालोपत्रे रहेको उक्त करिडोर अहिले कालिमाटी पुलबाट कुलेश्वर हुँदै बल्खुसम्म विस्तार गरी पिच गरिएको हो ।

कालिमाटी पुलको दायाँपट्टि रहेका अनधिकृत घरटहरा हटाइएपछि खाली भएको क्षेत्रमा सडक निर्माण सम्पन्न गरिएको हो । केही समय अघिसम्म अव्यवस्थित बस्तीले ढाकिएको यो क्षेत्र अहिले खुला तथा व्यवस्थित देखिएको छ ।

सरकारले वर्षायाममा डुबानको उच्च जोखिम रहेको भन्दै नदी किनारका बस्ती खाली गराई संरचनाहरू हटाएको थियो। त्यसपछि करिडोर विस्तारको काम अगाडि बढाइएको हो ।

नवनिर्मित सडक सञ्चालनमा आएपछि कालिमाटी चोकको सवारी चाप छल्दै चालकहरूले सिधै करिडोरमार्फत कुलेश्वर र बल्खुसम्म पुग्न सक्ने भएका छन् । यसले काठमाडौं महानगरपालिका–१३ को भीममुक्तेश्वर क्षेत्रका स्थानीय बासिन्दालाई समेत सहज आवतजावतको सुविधा प्रदान गरेको छ ।

स्थानीयका अनुसार करिडोर सडकले बागमती नदीको पुल हुँदै ललितपुरतर्फ जाने यात्रुलाई समेत सहज बनाएको छ । करिडोर विस्तारसँगै यस क्षेत्रको यातायात व्यवस्थापनमा सुधार आउनुका साथै दैनिक ट्राफिक जाम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  १२ : ४२ बजे

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन