‘गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु’ « Khabarhub

‘गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु’


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको प्यालेस्टिनी क्षेत्रका नागरिक सुरक्षा एजेन्सीका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ। 

गाजाका आवासीय भवनहरूमा भएको इजरायली हवाई आक्रमणमा सात जना र गाजा सहरको पश्चिममा रहेको अल–साती शरणार्थी शिविरमा भएको  आक्रमणमा एक जनाको मृत्यु भएको प्रवक्ता महमुद बासले बताएका छन् ।

गाजा सहरको अल–सिफा अस्पतालमा भएको आक्रमणमा १५ जना घाइते भएकोसमेत उनले बताएका छन्। 

गत अक्टोबर देखि युद्धविराम लागु भएता पनि निरन्तरको इजरायली आक्रमणले गाजा पट्टीमा हिंसात्मक गतिविधि बढिरहेको छ भने कयौँ युद्धविरामका सर्तहरूको अवहेलना गरेको आरोपमा इजरायली सैन्य नियन्त्रणमा छन् ।

इजरायलले युद्धविराम सुरु भए देखि कम्तिमा ९३६ जनाको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा हमास र इजरायल दुवै पक्षले एक अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका ।

युद्धविरामको पहिलो चरणमा इजरायलद्वारा बन्दी बनाइएका प्यालेस्टिनीहरूको बदलामा हमासद्वारा बन्दी बनाइएका अन्तिम इजरायली बन्धकहरूको रिहाइ समावेश थियो ।

युद्धविरामको दोस्रो चरणमा हमासको निशस्त्रीकरण र इजरायली सेनाको क्रमिक फिर्ती समावेश हुने अपेक्षा गरिएको थियो भने महिनौँ देखि यो प्रक्रियाले प्रभावकारी  रुपमा गति लिन सकिरहेको छैन।

गत हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन सेनालाई आदेश दिएको बताएका थिए।

गाजामा हमासको सशस्त्र शाखाका प्रमुख मोहम्मद ओदेह गत हप्ताको इजरायली आक्रमणमा मारिएको जनाइएको छ ।  

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  १ : ०३ बजे

‘दक्षिणा आउने भरमा उधारो खाएजस्तै स्रोतविहीन बजेट ल्याइयो’

काठमाडौं– नेपाली कांग्रेसका सांसद सन्दीप रानाले महत्वकांक्षी बजेटले जनतामा निराशा

शिक्षा मन्त्रालयको पहलपछि त्रिविका ४१ प्राध्यापकबाट १० करोड ४६ लाख बढी फिर्ता

काठमाडौं–  शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले सार्वजनिक स्रोतको संरक्षण, सुशासन र

राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौं– राप्रपाका महामन्त्री धवलशमशेर राणाले नयाँ पार्टी गठन गर्ने घोषणा

बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार

राँझा– बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरवास (होमस्टे) मा आउने पाहुनालाई  स्थानीय

सहकारीको प्रयासले फाकफोकथुममा दुग्ध व्यवसाय फस्टाउँदो

इलाम– बिहान ३ नबज्दै फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका शेषकान्त खनाल गाईगोठमा व्यस्त हुन्छन्