बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार « Khabarhub

बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरवास (होमस्टे) मा आउने पाहुनालाई  स्थानीय क्षेत्रमा उत्पादन भएका स्वादिला खानेकुराले  स्वागत गर्ने गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका गाभर भ्याली, खड्कवार सामुदायिक घरवास (होमस्टे) र राप्तीसोनारीको नयाँगाउँमा रहेका घरवासमा  स्थानीय उत्पादन प्रवर्द्धनको लागि पाहुनालाई ढिक्री, घोँगी, सिद्राको अचार खुवाएर स्वागत गर्ने गरिएको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए । 

गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ । यहाँबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ । थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली घरवासमा दैनिक करिब ५०० आन्तरिक पर्यटक आउने गरेका छन् ।

यहाँ पाहुनालाई बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी र जङ्गल सफारीको व्यवस्था  छ । यहाँ आउने पाहुनाहरु स्थानीय उत्पादनसँगै प्राकृतिक दृश्यावलोकनमा आकर्षित हुने गरेको च्यामा घरवासका सञ्चालक गणेश दहितले बताए ।

बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले घरवासमा उपलब्ध हुने विभिन्न उत्पादनबाट तयार हुने खानेकुरा खान आर्कषित भएका नयाँगाउँ ७ नम्बर घरवास  सञ्चालक शोभा थारूले बताइन् । यहाँ आएका पाहुनालाई स्थानीय जातका कुखुरा, ढिक्री, घोँगीलगायतका परिकारले सत्कार गर्ने गरिएको छ ।  

नेपालगञ्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा आएको हो । सुरुमा सात घरमा सञ्चालन गरिएको घरवास अहिले १३ घरमा सुरु भइसकेको छ । 

घरवास नजिकै वनस्पति उद्यान, ढकेरी वनभोजस्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तिसार रहेकोले आन्तरिक पर्यटकको चहलपहल हुनेगरेको नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारुले बताए ।

बाँकेका पाँच सामुदायिक घरवासमा ५० घरपरिवार आबद्ध छन् । २०७० सालमा सुरु भएको बाँकेको पहिलो गाभर भ्याली सामुदायिक अहिले नेपालकै नमूना घरवासका रुपमा चिनिन्छ । रासस
 

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  २ : ३० बजे

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन