संस्थापनको कारबाही र लखेटाइले कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्यो : धवलशमशेर राणा « Khabarhub

संस्थापनको कारबाही र लखेटाइले कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्यो : धवलशमशेर राणा


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन्  ।  

बिहीबार काठमाडौंमा पत्रकार सम्मलेनमार्फत राणाले पार्टी राप्रपा परित्याग गरेको औपचारिक घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गर्ने जानकारी दिएका हुन् । 

उनले समयको पदचाप र जनभावना अनुरूप, विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणको अभियान शुभारम्भका लागि राजनीतिक दल नै गठन गरेर अघि बढ्ने बताए । 

संस्थापनले नेता, कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्ने गरी लखेटिरहने, कारबाही गरिरहने, अन्यायविरुद्ध बचाउमा लागिरहनु पर्ने मात्रै काम पछिल्लो चार वर्षमा भएको उनले बताए । 

उनले निजी स्वार्थमा संस्थापनबाट नै स्वः पक्षीय गुट बनाइएको र वैचारिक आदर्शसँग धोका र खेलबाड प्रतिबिम्ब भएको आरोप लगाए ।

राणाले देश विदेशमा रहेका नेपालीहरूले विश्वसनीय राष्ट्रवादी शक्तिको रिक्तता पूर्ति गर्न सल्लाह दिएकाले जनस्तरबाट प्राप्त सद्भाव र विश्वासलाई आत्मसाथ गर्दै समयको माग र राष्ट्रको आवश्यकताअनुरूप एक कर्मनिष्ठ राष्ट्रवादी राजनीतिक दलको नवनिर्माणको प्रक्रियाको थालनी भएको उल्लेख गरे ।

संवैधानिक राजसंस्थात्मक जनप्रतिनिधिमूलक आधुनिक प्रजातान्त्रिक राज्य प्रणाली तथा हिन्दु, बौद्ध, किरात सहितको सनातनी पहिचान अव बन्ने पार्टीको आधारशिला रहने उनले जानकारी दिए ।

उनले युवा र महिलालाई केन्द्रीय कार्यसमिति लगायत समितिहरूमा ६० प्रतिशत भूमिका सुनिश्चित गर्दै अग्रजहरूलाई सल्लाहकार एवं प्रबुद्ध वर्गको सम्मानमा राख्ने बताए । 

युवा र महिलाहरू जिल्लास्तरबाट समेत केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने संरचना रहने उनको भनाइ छ । नयाँ पार्टीमा दुर्गा प्रसाईँको अभियानलगायतका अन्य शक्तिहरू पनि एकताबद्ध हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ३ : ३१ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००