विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न नयाँ कानुन ल्याइँदै : मन्त्री पोखरेल « Khabarhub

विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न नयाँ कानुन ल्याइँदै : मन्त्री पोखरेल


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वसनीय बनाउन सरकारले आवश्यक कानून बनाउन खोजेको बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफलका क्रममा मन्त्री पोखरेलले मुलुकको राष्ट्रियस्तरको प्रयोगशालालाई नियमन गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वसनीय बनाउन सरकारले आवश्यक कानून बनाउन खोजेको बताएका हुन् ।

नेपालको सबै प्रयोगशालालाई नियमन गर्न खोजिएको हो की भन्ने आशङ्का उत्पन्न भएको भन्दै उनले छुट्टै प्रयोगशालालाई नियमन गर्न एउटा विशेष विधेयक तयार गरिएको जानकारी दिए । 

अपराध, अनुसन्धान तथा न्याय सम्पादनको लागि आवश्यक प्रमाणको सङ्कलन, परीक्षण, वैज्ञानिक विधि र पद्धतिद्वारा गर्नको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको आवश्यकता परेको उनको भनाइ छ । उनले विधेयकमा रहेका विषयहरूलाई पर्याप्त छलफलमार्फत सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । 

बैठकमा समिति सदस्यहरूले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउने गरी विधेयकलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए । समितिले विधेयकमाथि विज्ञहरूसँग छलफल गरेर मात्रै दफावार छलफल अघि बढाउने जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ४ : ०५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली