विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न नयाँ कानुन ल्याइँदै : मन्त्री पोखरेल « Khabarhub

विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न नयाँ कानुन ल्याइँदै : मन्त्री पोखरेल


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वसनीय बनाउन सरकारले आवश्यक कानून बनाउन खोजेको बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफलका क्रममा मन्त्री पोखरेलले मुलुकको राष्ट्रियस्तरको प्रयोगशालालाई नियमन गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वसनीय बनाउन सरकारले आवश्यक कानून बनाउन खोजेको बताएका हुन् ।

नेपालको सबै प्रयोगशालालाई नियमन गर्न खोजिएको हो की भन्ने आशङ्का उत्पन्न भएको भन्दै उनले छुट्टै प्रयोगशालालाई नियमन गर्न एउटा विशेष विधेयक तयार गरिएको जानकारी दिए । 

अपराध, अनुसन्धान तथा न्याय सम्पादनको लागि आवश्यक प्रमाणको सङ्कलन, परीक्षण, वैज्ञानिक विधि र पद्धतिद्वारा गर्नको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको आवश्यकता परेको उनको भनाइ छ । उनले विधेयकमा रहेका विषयहरूलाई पर्याप्त छलफलमार्फत सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । 

बैठकमा समिति सदस्यहरूले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउने गरी विधेयकलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए । समितिले विधेयकमाथि विज्ञहरूसँग छलफल गरेर मात्रै दफावार छलफल अघि बढाउने जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ४ : ०५ बजे

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी

काठमाडौँ– रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’