युद्धविराम सहमतिपछि पनि रोकिएन लेबनानमा इजरायली आक्रमण, कयौँ सर्वसाधारण घाइते « Khabarhub

युद्धविराम सहमतिपछि पनि रोकिएन लेबनानमा इजरायली आक्रमण, कयौँ सर्वसाधारण घाइते


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बेरुत– अमेरिकी मध्यस्थतामा इजरायल र लेबनानबीच युद्ध रोक्ने सहमति भएको केही घण्टामै अर्को आक्रमण भएको छ। दक्षिणी लेबनानमा इजरायली ड्रोन हमला भएको हो। हमलामा धेरै जना घाइते भएका छन्।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार, इजराइलय ड्रोनले जेफ्ता-कफरवा रोडमा एक गाडीलाई निशाना बनाएको थियो। हमलामा धेरै घाइते भएको रिपोर्ट छ । तर घाइतेको संख्या र अवस्थाबारे विस्तृत जानकारी दिइएको छैन।

दक्षिणी लेबनानको नबातियेह जिल्लामा पनि इजरायली ड्रोनले सडकलाई निशाना बनाएको छ। हमला कफर रेमान र हब्बुश कस्बाहरूबीच भएको हो।

उता उत्तरी इजराइलको कफर युवाल क्षेत्रमा बिहीबार बिहान ड्रोन घुसपैठको आशंकापछि साइरन बजाइएको थियो। क्षेत्रमा केही समयका लागि अलर्ट जारी गरिएको थियो।

इजरायली सेनाका अनुसार, चेतावनी प्राप्त भएपछि सुरक्षा एजेन्सीहरूले निगरानी बढाएका थिए। पछि सेनाले कुनै क्षति वा हताहत नभएको जनाएको छ।

यसैबीच इजरायली सेनाले दक्षिणी लेबनानका जनतालाई जहरानी नदीको दक्षिणतर्फ नजान चेतावनी दिएको छ। सेना त्यस क्षेत्रमा हिजबुल्लाहका ठाउँहरूमाथि अभियान अझै जारी रहेको जनाएको छ।

इजरायली सेनाले सामाजिक सञ्जाल एक्समा लेख्दै अर्को सूचना नआउँदासम्म जहरानी नदीको दक्षिणतिर नजान भनेको छ।

सेनाका अनुसार दक्षिणी लेबनानमा हिजबुल्लाहसँग जोडिएका संरचना र ठाउँहरूमाथि कारबाही जारी छ। धेरै गाउँहरूको आसपास पनि सैन्य अभियान चलिरहेको छ।

इजरायलले यो क्षेत्रमा जानेहरूको ज्यान जोखिममा पर्न सक्ने चेतवानी दिएको छ। यो चेतावनी त्यसबेला आएको हो जब अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनान सरकारबीच युद्धविराम लागू गर्ने सहमति भएको थियो। तर पनि दक्षिणी लेबनानमा सैन्य कारबाही र हवाई हमला जारी नै छन्।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ४ : २१ बजे

लेबनानमा एकजना संयुक्त राष्ट्र शान्ति सैनिकको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा संयुक्त राष्ट्र (युएन) का एकजना शान्ति सैनिकको

गर्मीमा नवजात शिशुको स्याहार कसरी गर्ने ? 

काठमाडौं– गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य र छालाको विशेष रेखदेख

ऐन संशोधनको माग गर्दै यातायात श्रमिकहरूको देशव्यापी खबरदारी कार्यक्रम

काठमाडौं- सरकारले ल्याउन लागेको सवारी तथा यातायात ऐन २०८३ का

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-३ मोहना नदी किनारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने

रवि दिल्लीतिरै व्यस्त, परराष्ट्रमन्त्री खनाल पनि भारत जाँदै

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक