महोत्तरीका १६ कामदार भारतमा बन्धक « Khabarhub

महोत्तरीका १६ कामदार भारतमा बन्धक


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जलेश्वर (महोत्तरी)- महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका १० पुरुष र छ महिला गरी १६ कामदार भारतको एक कुखुरा फार्ममा बन्धक भएका छन् । बर्दिवास नगरपालिका–१४ मा अवस्थित मुसहर बस्तीका १६ जना कामदार भारतको हरियाना राज्यको जिन जिल्लाको झाझर थानाअन्तर्गतका हेलन गाउँमा रहेको एक कुखुरा फार्ममा बन्धकमा परेका हुन् ।

बर्दिवास १४ का १७ वर्षीय मुकेश १६ वर्षीय किसन १३ वर्षीय आशिक २१ वर्षीय अमृत निजकी पत्नी २० वर्षीया किरण, ३५ वर्षीय झरी निजकी पत्नी ३४ वर्षीया लालमुनी, छोरीहरु १६ वर्षीया काजल, १३ वर्षीया साजन, छोरा नौ वर्षीय शङ्कर सदा रहेका छन् । ३८ वर्षीय विसुनदेव, निजकी पत्नी ३५ वर्षीया महावती, छोरा १० वर्षीय अमृत, ४० वर्षीय मोहन, उनकी पत्नी ३५ वर्षीया बेचो सदा रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए ।

मुसहर बस्तीका वीरेन्द्र सदा, कारिचरण सदा, अशोक सदा, अमरलाल सदा र मनोहर सदाले निजका आफन्तहरु बन्धकमा परेको भन्दै उनीहरुलाई भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली राजदूवाससँग समन्वय, सहकार्य गरेर उद्धार गराइ दिन निवेदन दिएको गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनीहरुलाई बर्दिवास नगरपालिका–३ गौरीडाँडा बस्ने दिलीप परियारले गत चैत १३ गते आकर्षक तलब र सेवा सुविधा तथा हलुको काम रहेको प्रलोभन दिँदै भारतको हरियाना राज्यको जिन जिल्लाको झाझर थानाअन्तर्गत हेलन गाउँमा रहेको एक कुखुरा फाराममा रोजगारीका लागि लगेका थिए ।

बन्धक परेकामध्ये २० वर्षीया किरण सदाले साहुबाट लुकेर फोन गर्दै आफूहरुलाई डरधाक र यातना दिएर राखेको, ज्याला मजदुरी नदिएको र बन्धक बनाएर राखेको प्रहरीलाई बताएकी छिन् ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ४ : ५२ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,