लेबनानमा एकजना संयुक्त राष्ट्र शान्ति सैनिकको मृत्यु « Khabarhub

लेबनानमा एकजना संयुक्त राष्ट्र शान्ति सैनिकको मृत्यु


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

लेबनान- दक्षिणी लेबनानमा संयुक्त राष्ट्र (युएन) का एकजना शान्ति सैनिकको मृत्यु भएको छ। लेबनानको रक्षा मन्त्रालयले मृतक सैनिक सर्बियाका नागरिक भएको पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार युएनको एक बेसमा भएको आक्रमणमा ती सैनिक घाइते भएका थिए। घाइते भएपछि उनलाई बेसभित्र रहेको अस्पतालमा तत्काल उपचार दिइएको थियो।

रक्षा मन्त्रालयले जनाएको अनुसार वरिष्ठ सार्जेन्ट मिलोवान योवानोभिचलाई पछि हेलिकप्टरमार्फत बेरुतस्थित युनिभर्सिटी मेडिकल सेन्टर लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो।

हिजबुल्लाहको माग : इजरायली सेना पछाडि हटोस्

इरानको सैन्य संस्था आईआरजीसी अन्तर्गत कुद्स फोर्सका कमाण्डर इस्माइल कानीले हिजबुल्लाहले इजरायली सेनालाई लेबनानका ती क्षेत्रबाट फिर्ता हुन माग गरेको बताएका छन् । जहाँ हालको संघर्षका क्रममा इजरायली सेना पुगेको छ।

उनका अनुसार मागमा इजरायल युद्ध सुरु हुनुअघिको अवस्थामै फर्किनुपर्ने उल्लेख छ।

कानीले लेबनानमा रहेको इजरायली सेनाविरुद्ध हिजबुल्लाहलाई समर्थन गर्नु सबै मुस्लिमहरूको जिम्मेवारी रहेको बताए। यसका साथै उनले इजरायललाई क्षेत्रबाट हटाउने लक्ष्य हासिल गर्न सकिने दाबी गरेका छन्।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ५ : ३१ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा