होल्डिङ सेन्टरमा गम्भीर बिरामी परेका सुकुम्वासी भेषबहादुरको उपचारका क्रममा मृत्यु « Khabarhub

होल्डिङ सेन्टरमा गम्भीर बिरामी परेका सुकुम्वासी भेषबहादुरको उपचारका क्रममा मृत्यु


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सुकुमबासी बस्तीबाट बल प्रयोग गरेर विस्थापित गराएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो। अस्पतालमा गरिएको परीक्षणका क्रममा उनको फोक्सोमा पानी जमेको चिकित्सकहरूले बताएका थिए।

परिवारका अनुसार दर्जी लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित थिए। पछिल्लो समय स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

वीर अस्पतालले जनाएअनुसार सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेका क्रममा बिहीबार उनको निधन भएको हो।

दर्जी सुकुमबासी बस्ती हटाइएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए। उनको मृत्युबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ६ : ०५ बजे

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा