होल्डिङ सेन्टरमा गम्भीर बिरामी परेका सुकुम्वासी भेषबहादुरको उपचारका क्रममा मृत्यु « Khabarhub

होल्डिङ सेन्टरमा गम्भीर बिरामी परेका सुकुम्वासी भेषबहादुरको उपचारका क्रममा मृत्यु


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सुकुमबासी बस्तीबाट बल प्रयोग गरेर विस्थापित गराएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो। अस्पतालमा गरिएको परीक्षणका क्रममा उनको फोक्सोमा पानी जमेको चिकित्सकहरूले बताएका थिए।

परिवारका अनुसार दर्जी लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित थिए। पछिल्लो समय स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

वीर अस्पतालले जनाएअनुसार सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेका क्रममा बिहीबार उनको निधन भएको हो।

दर्जी सुकुमबासी बस्ती हटाइएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए। उनको मृत्युबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ६ : ०५ बजे

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु