‘सुधन गुरूङ हिरासतभित्रै छिरेर हप्कीदप्की गरे, सरकारविरुद्ध नबोल्न धम्की दिए’ « Khabarhub

‘सुधन गुरूङ हिरासतभित्रै छिरेर हप्कीदप्की गरे, सरकारविरुद्ध नबोल्न धम्की दिए’


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले भारतीय दूतावासनजिक शान्तिपूर्ण रूपमा पम्पलेट वितरण गर्न गएका अभियानकर्तामाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएको छ। प्रदर्शनकारीलाई नियन्त्रण लिएपछि हिरासतमा राजनीतिक दबाब र दुर्व्यवहार भएको आरोप उक्त अभियानले लगाएको छ।

अभियानले सोमबार विज्ञप्ति निकालेर लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको विषयमा शान्तिपूर्ण अभिव्यक्ति दिन भारतीय दूतावासनजिक पुगेका बेला प्रहरीले अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई नियन्त्रणमा लिई काठमाडौं प्रहरी वृत्त लैनचौरमा राखेको जनाएको छ।

हिरासतमा राखिएको करिब एक घण्टापछि पूर्व गृहमन्त्री तथा सांसद सुधन गुरुङ दलबलसहित थुनुवा कक्षमा प्रवेश गरी अभियानकर्तामाथि मानसिक दबाब सिर्जना गर्ने, धम्कीपूर्ण र अमर्यादित व्यवहार गरेको आरोप लगाइएको छ। 

गुरुङले ‘तपाईंहरू कोबाट परिचालित हुनुहुन्छ,? ुयो अन्तिम मौका हो’, अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ’ तथा सरकारविरुद्ध बोल्न बन्द गर्नुहोस्’ जस्ता अभिव्यक्ति दिएको अभियानको दाबी छ।

अभियानले प्रहरी हिरासतमा रहेको अवस्थामा प्रभावशाली राजनीतिक व्यक्तिले थुनुवा कक्षमै प्रवेश गरी दबाबमूलक व्यवहार गर्नु कानुनी शासन, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको जनाएको छ। 

यसका साथै २४ घण्टासम्म हिरासतमा राख्दा पर्याप्त खाना तथा पिउने पानीसमेत उपलब्ध नगराइएको भन्दै मानवअधिकार उल्लंघन भएको आरोप लगाएको छ। घटनाले प्रहरी प्रशासनमाथि राजनीतिक प्रभाव र दबाब रहेको आशंका बलियो बनाएको अभियानको भनाइ छ।

अभियानले घटनाबारे निष्पक्ष छानबिन गर्न, हिरासतमा भएको भनिएको राजनीतिक हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न, मानवअधिकार उल्लंघनका विषयमा अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न, प्रहरी प्रशासनको राजनीतिक दुरुपयोग रोक्न तथा शान्तिपूर्ण अभिव्यक्ति र लोकतान्त्रिक अधिकारको सम्मान सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

अभियानका संयोजक सुनिल सिंह र सह–संयोजक अजय सोडारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा नागरिकको विचार, अभिव्यक्ति र शान्तिपूर्ण विरोधको अधिकार सुरक्षित हुनुपर्ने उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धान र आवश्यक कारबाहीको माग गरिएको छ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ७ : ५४ बजे

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन्- करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा