चोरीका १५ थान मोटरसाइकल बरामद « Khabarhub

चोरीका १५ थान मोटरसाइकल बरामद


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – कैलालीको भजनी र लम्कीचुहा क्षेत्रबाट प्रहरी टोलीले आज रु १७ लाख ३० हजार मूल्य बराबरका १५ थान चोरीका मोटरसाइकल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले भजनी र लम्की इलाका प्रहरी कार्यालयबाट छुट्टाछुट्टै रूपमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट ती मोटरसाइकल बरामद गरेको जानकारी दिए । बरामद मोटरसाइकल आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय (कैलाली)मा बुझाइएको तिमिल्सिनाले जानकारी दिए ।

यसैबीच सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिकाको डिपो बजार, भजनी नगरपालिकाको मिलनपुर क्षेत्रबाट भन्सार छलेर ल्याइएका रु चार लाख ४३ हजार ८५० मूल्य बरावरको चिनी, सुर्ति, फलामे जञ्जिरसहित सामान, कञ्चनपुरको भीमदत्त नगरपालिका र बेलडाँडी क्षेत्रबाट पनि भन्सार छलेर ल्याइएको रु दुई लाख ४० हजार ९०० मूल्य बराबरको पेय पदार्थ कपडालगायत सामान बरामद गरिएको जनाएको छ ।

बेवारिसे अवस्थामा फेला परेका यी सामान प्रक्रिया पूरा गरी बरामद गरिएको हो । कञ्चनपुरको बेलौरी नगरपालिका–७ बाट लागुऔषध खैरो हिरोइनसहित बेल्डाँडी गाउँपालिका–३ खैरीघाटका दुई युवालाई पक्राउ गरिएको पनि सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ८ : १९ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,