हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ? « Khabarhub

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट रिलिज डेटमा प्रदर्शनमा आएका फिल्महरू बक्स अफिसमा अकुपेन्सी लिन नसक्दा यो अवस्था आएको हो ।

अहिले हलमा ९ फिल्म हेर्न पाइन्छ तर ती सबै विदेशी हुन् । नेपाली भाषाका फिल्म हलमा छैनन् ।

अब हलमा नेपाली फिल्म हेर्न साउन १ कुर्नुको बिकल्प छैन । उक्त मितिमा नेपाली फिल्म ‘गौथली’ प्रदर्शनमा आउने बताइएको छ ।

खडेरीकै मौसम

असार–साउनमा यसै पनि कम फिल्म प्रदर्शनमा आउँछन् । विगतमा हेर्ने हो भने पनि धेरै वर्ष यी महिनामा नेपाली फिल्म हलमा नील भएको पाइन्छ ।

बर्खाको मौसम भएकाले यो समयमा मेकरहरू फिल्म प्रदर्शनमा ल्याउन उपयुक्त मान्दैनन् ।

अझ अहिले विश्वकप चलिरहेको छ । ठूलो संख्याका दर्शक विश्वकपमै केन्द्रित छन् । यो समयमा फिल्म प्रदर्शनमा नआउनु स्वभाविपक पनि हो ।

फ्लपको डर त होइन ?

०८३ को असारको मध्यमा आइसक्दा एक दर्जन फिल्म प्रदर्शनमा आए ।

तर, एक फिल्म छोडेर सबै फ्लप भए । डिमान्डमा रहेका स्टार नायकहरू पनि बक्स अफिसमा लगातार फ्लप छन् ।

गत वर्ष जेन–जी आन्दोलन र चुनावका कारण रिलिज क्यालेन्डर भद्रगोल भएको थियो । सोहीकारण यो बर्खामा पनि फिल्महरू प्रदर्शनमा आउने अनुमान गरिएको थियो ।

फिल्महरू लगातार फ्लप भएपछि निर्माताहरू उपयुक्त मितिको पर्खाइमा रहेको बुझिन्छ । फ्लपका डरले निर्माताहरू पर्ख र हेरको अवस्थामा छन् ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ७ : ३६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र