कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती « Khabarhub

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती



कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको थियो । माओ त्सेतुङले चलाएको रेड आर्मी नेतृत्वको लङ मोर्चासँग सुरूमै जोडिएको यो प्रान्त अहिले डिजिटल अर्थतन्त्रमा शक्तिशाली बन्दैछ ।

कुनै समय चीनकै सबैभन्दा धेरै गरिब र भौगोलिक रूपमा पछाडि परेको प्रान्तमध्ये एक थियो कुइचोउ।  तर अहिले द्रुत पूर्वाधार विकास, गरिबी निवारण, डिजिटल अर्थतन्त्र, पर्यावरण संरक्षण तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

कुइचोउमा अहिले ९ हजार किलोमिटरभन्दा बढी एक्सप्रेसवे सञ्चालनमा छन् । विश्वका सबैभन्दा अग्ला पुलहरूमध्ये आधाभन्दा बढी कुइचोउ प्रान्तमै छन् । यहीँ चीनका विशाल डेटा सेन्टर छन् । विश्वचर्चित कम्पनी हुवावेले यहीँको कुन्याङ सहरमा आफ्नो शक्तिशाली डेटा सेन्टरसहितको कार्यालय खोलेको छ। अर्कातिर एप्पलसहित विश्वका चर्चित कम्पनीका कार्यालय पनि यहाँ आइपुगेका छन् ।

पहाडी भूगोललाई चुनौतीका रूपमा नभई अवसरका रूपमा उपयोग गर्दै चीनले पुल, सुरुङ र द्रुतमार्गमार्फत विकासको नयाँ मोडल यहाँ निर्माण गरिएको छ । विस्तारै कुइचोउ सेन्चेन र सांहाई जस्ता सहरको हाराहारीमा पुग्ने हैसियत बनाउँदैछ ।

‘यदि समृद्ध बन्न चाहन्छौं भने पहिले सडक निर्माण गर्नुपर्छ’ भन्ने चीनको विकास अवधारणालाई कुइचोउले व्यवहारमा उतारेर विशाल सडक सञ्जाल विस्तार गरेको छ। नेपालभन्दा पनि ठूलो भूगोल भएको यहाँको जनसंख्या पनि नेपालकै भन्दा बढी छ। ३८.६ मिलियन अर्थात् ३ करोड ८६ लाख आसपास यहाँको जनसंख्या रहेको छ।

यहाँ उच्च गतिको रेल सञ्जाल फैलिसेकको छ। कुइचोउमा अहिले १३ वटा विमानस्थल तथा आधुनिक यातायात प्रणाली छ ।  अब यो सञ्जालले कुइचोउलाई चीनको महत्वपूर्ण आर्थिक केन्द्रसँग जोडिसकेको छ। यसले व्यापार, पर्यटन, लगानी र औद्योगिक विकासलाई नयाँ गति दिएको छ ।

कुइचोउलाई चीनको ठूलो डाटा उद्योगको महत्वपूर्ण केन्द्रका रूपमा प्रस्तुत गर्दै कृत्रिम बौद्धिकता, क्लाउड कम्प्युटिङ र डिजिटल प्रविधिको विकासमा प्रान्तका रुपमा स्थापित गर्न चिनियाँ कम्युनिस्ट पार्टीको प्रान्तीय कमिटीले यहाँ मिहिनेत गरिरहेको छ।

विशेषगरी कुइयाङ र कुइआन नयाँ क्षेत्रमा राष्ट्रियस्तरका डाटा सेन्टर स्थापना गरिएको छ । डिजिटल अर्थतन्त्र चीनको भविष्यको प्रमुख विकास इन्जिन बन्ने विश्वास सीपीसीका नेताहरूले बोकेका छन् । त्यहीकारण चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले जनकेन्द्रित विकासलाई निरन्तर अघि बढाउँदै जाने नेताहरू बताउँछन् ।

निरन्तरको अभियानका कारण अहिले प्रान्तका अधिकांश नदीको पानीको गुणस्तर उत्कृष्ट छ । प्रमुख सहरहरूको वायु गुणस्तर उच्च छ । हरित विकासलाई प्राथमिकता दिएको कुइचोउले सहरभित्रै जंगलबराबरको हरियाली बनाएको छ।

गरिबी निवारण चीनको अर्को ऐतिहासिक उपलब्धि बनेको छ। कुइचोउमा लाखौं नागरिकलाई गरिबीबाट माथि उठाएको छ। दुर्गम क्षेत्रका बासिन्दालाई सुरक्षित बस्तीमा पुनर्स्थापना गरिएको तथा शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर विस्तार गरिएको नेताहरू बताउँछन् ।

यी उपलब्धिले जनताको जीवनस्तरमा ऐतिहासिक परिवर्तन ल्याएको छ। कुइचोउको राजधानी सहर कुन्याङ भूकम्पबाट तुलनात्मक सुरक्षित मानिन्छ । यहाँ ८० तलासम्मका गगनचुम्बी भवन ठडिएका छन् । अर्को विशेषता भनेको चीनका ५६ जातीय समूहहरूमध्ये १८ वटा जातीय समुदायको परम्परागत बसोबास रहेको कुइचोउ सांस्कृतिक रूपमा समृद्ध प्रान्त पनि हो।

विविध जातीय संस्कृति, प्राकृतिक सम्पदा र आधुनिक विकासलाई एकैसाथ अघि बढाएर कुइचोउले पर्यटनको नयाँ गन्तव्यका रूपमा पनि आफूलाई स्थापित गरेको छ ।

गरिबी निवारण
कुइचोउ प्रान्तमा गरिबी उन्मूलन गर्न दिगो र लक्षित रणनीतिक काम गरिए । जहाँ ग्रामीण पूर्वाधारको स्तरोन्नतिलाई तीव्र पारियो । दुर्गम क्षेत्रहरूलाई बजार र सहरसँग जोड्ने, कमजोर समुदायहरूलाई राम्रो रोजगारी सम्भावना भएका क्षेत्रहरूमा स्थानान्तरण गर्ने, सांस्कृतिक हस्तकला र पर्यावरणीय पर्यटन जस्ता स्थानीय उद्योग खोल्ने र गरिबीको जोखिममा रहेका घरपरिवारको निगरानी गर्न डेटा सेन्टरको उपयोग गरियो। 
कुइचोउको गरिबीविरोधीआक्रमक अभियानले आज प्रान्त नै समृद्धिको बाटोमा छ । चीनको सबैभन्दा पहाडी र गरिब क्षेत्रहरूमध्ये एक कुइचोउले बहुआयामिक दृष्टिकोण बनाएर चरम गरिबीलाई प्रभावकारी रूपमा हटाएको छ। यसका लागि कुइचोउले पूर्वाधार र सडक विस्तारलाई विशेष जोड दियो । 

कुइचोउको पहाडी र जटिल भूगोल चिर्दै याद संसारकै अग्ला र लामा पुल हालिएको छ । जटिल भूगोलका कारण बजारसम्म पुग्न नसकेका किसानहरूलाई विश्वमै आश्चर्यलाग्दा सूरचनाले बजारसम्मको पहुँच दियो । यो प्रान्तले प्रत्येक गाउँलाई पक्की सडकहरूले जोड्न, ग्रामीण केन्द्रहरूलाई प्रमुख एक्सप्रेसवे र उच्च-गति रेलवेहरूसँग जोड्न ठूलो प्रयासलाई युद्धकै रुपमा अघि बढायो ।

यो कनेक्टिभिटीले कयौँ दिनको यात्रा समयलाई केही घण्टामा झारिदियो । जसले गर्दा तटीय शहरहरूमा व्यावसायिक तालिम र रोजगारीका अवसरहरूमा ग्रामीणबासीले पनि राम्रो पहुँच पाए । चीनले दुर्गम क्षेत्रहरूलाई सहरसँग जोड्ने रूपान्तरण अभियानका कारण आज पनि गाउँहरू गुल्जार छन् ।

तीव्र पूर्वाधार विकासका कारण अघिल्लो दशकमा चीनले १० करोड मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्यो । गरिबी निवारण स्थानान्तरण अत्यधिक पृथक, पारिस्थितिक रूपमा कमजोर क्षेत्रहरूमा बस्ने समुदायका लागि खेती असम्भव भएका ठाउँबाट स्वैच्छिक स्थानान्तरण अभियान चलाए ।

हजारौं घरपरिवार दुर्गमबाट शहरी केन्द्रनजिकै नवनिर्मित समुदायमा सारिए। नयाँ ठाउँमा उनीहरूका परिवारहरूको दिगो, स्थिर आम्दानी पक्का गर्न रोजगारी सहायता, स्वास्थ्य सेवा र शिक्षालाई प्राथमिकता दिइयो ।
प्रान्तीय उद्योग र ई-कमर्सलाई बढावा दिँदै ठूला, केन्द्रीकृत विकासमा भर पर्नुको सट्टा, कुइचोउले समावेशी, ग्रामीण उद्योगहरूलाई बढावा दियो। किसान सहकारीमार्फत् गाउँलेलाई आधुनिक कृषि वस्तु मूल्य श्रृंखला सिकाउने क्रम चलिरहेको छ । 
स्थानीय हस्तकला परम्पराले मियाओ कढाई र इको-टुरिजमलाई ग्रामीण परिवारहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउन प्रवर्द्धन गरेको छ। परिवारहरूलाई गरिबीमा फर्कनबाट रोक्न ठूलो डेटा र सामाजिक सुरक्षा सञ्जालहरू स्थापना गरिएको छ। प्रान्तले कमजोर जनसंख्याको अनुगमन गर्न ठूलो डेटा पूर्वाधार प्रयोग गर्दछ। स्थानीय अधिकारीहरूले चिकित्सा जोखिम, अस्थिर आम्दानी वा अन्य अवरोधहरू पत्ता लगाउन घर भ्रमण र स्वास्थ्य जाँच गर्छन्।
कुइयाङ सहरमा चालकरहित कार

अर्थगतन्त्र

कुइचोउको अर्थतन्त्र चीनमा द्रुत गतिमा विकसित हुँदै गइरहेकोमध्ये एक हो । ऐतिहासिक रुपमा फड्को मारिरहेको कुइचोउ उच्च-प्रविधियुक्त र धनी प्रान्तमा परिणत हुँदैछ । प्रान्तको कुल ग्राहस्थ उत्पादन २.३६ ट्रिलियन युआन (३४०.९५ बिलियन अमेरिकी डलर) पुगेको छ, जुन ४.९ प्रतिशतले हरेक वर्ष बढ्दै गएको छ।

ठूला डाटा सेन्टर, डिजिटल उद्योग र प्रमुख पूर्वाधार परियोजनाहरूमा यहाँ ठूलो लगानी हुँदैछ । यहाँ मानवीय जनशक्ति सस्तो छ। त्यस्तै बिजुली पनि सस्तो छ। त्यहीकारण कुइचोउ तीव्र गतिमा आधुनिकीकरणतिर दौडिरहेको छ। सहरमा ड्राइभर लेस गाडी गुड्न थालेका छन् । कुइचोउमा उत्पादित ड्राइभर लेस कारको परीक्षण संसारका ३५ देशमा भइरहेको छ।

प्रमुख आर्थिक सूचकमा ठूलो डाटा र टेक छन् । कुइयाङ र कुइआन नयाँ क्षेत्रमा मुख्यालय रहेको कुइचोउ चीनको ‘बिग डाटा हब’ भइसकेको छ। यस प्रान्तले एप्पल,  हुआवेई र टेन्सेन्ट लगायतका प्राविधिक दिग्गजका लागि ३० भन्दा बढी ठूला स्तरका डाटा केन्द्रहरू होस्ट गरिरहेको छ ।

यस क्षेत्रको शीतल हावापानी पनि लगानीकर्ताका लागि उपयोगी बनेको छ। यहाँ लगानी गर्नेले सस्तो ऊर्जाको प्रचुर मात्रामा  फाइदा उठाउन सक्छ।

परम्परागत कृषि पेशा अहिले आधुनिकिकीरणतिर गइरहेको छ। कुइचोउ प्रान्तमा फस्टाइरहेको, आधुनिक कृषि प्रविधि र औद्योगिकरणले विशाल रुप लिँदैछन् । यो विश्वव्यापी रूपमा प्रिमियम चिया, गाईको मासु, खुर्सानी र परम्परागत चिनियाँ औषधीय जडीबुटीका लागि पनि उत्तिकै परिचित भएको छ।

यहाँ विशाल उद्योग खुलेका छन् । अर्कातिर खनिज पदार्थहरू कोइला र चीनको सबैभन्दा ठूलो फस्फेट भण्डारमध्ये एक काइयाङ काउन्टीमा रहेको छ। जसले रासायनिक उद्योगहरूलाई शक्ति दिन्छ। यो प्रान्त राष्ट्रको पश्चिम-पूर्व विद्युत प्रसारण लाइन परियोजनामा एक महत्वपूर्ण साझेदार बनेको छ।

कुइचोउ मदिरा उत्पादनमा पनि प्रतिष्ठित छ । कुइचोउ माउथाईका यो ठाउँ प्रसिद्ध छ । मदिरा र सुर्तीजन्य उत्पादन पनि प्रमुख रुपमा यहाँ हुन्छ ।

कुइचोउको प्रयास

यहाँको विकासको मोडल देखाउन र अनुभव आदानप्रदानका लागि विश्वभरबाट दलका नेतादेखि पत्रकारसमेत यहाँ उतार्ने क्रम चलिरहेको छ। बिहीबार कुइचोउ प्रान्तको राजधानी कुइयाङमा विभिन्न ४० बढी देशबाट पुगेका पत्रकार, राजनीतिक दलका प्रतिनिधि तथा नेताहरू जम्मा भएका थिए ।

ती पत्रकार र नेतालाई सम्बोधन गर्दै सीपीसी कुइचोउ प्रान्तीय समितिका स्थायी समिति सदस्य, प्रचार विभाग प्रमुख तथा कुइचोउ प्रान्तीय समितिको वैदेशिक मामिला समितिका उपमहानिर्देशक लु योङझेङले प्रान्तको विगत, वर्तमान र भविष्यका योजना पनि सुनाए । चीनले विकासको यात्रामा हासिल गरेका अनुभव विश्वसँग साझा गर्न चाहेको उनले बताए ।

उनले चिनियाँ कम्युनिष्ट पार्टीले सधैं जनतालाई केन्द्रमा राखेर नीति निर्माण र कार्यान्वयन गरेको उल्लेख गर्दै कुइचोउ यसको सफल उदाहरण भएको बताए।

कुनै समय चीनकै सबैभन्दा गरिब र भौगोलिक रूपमा पछाडि परेको प्रान्तमध्ये एक रहेको कुइचोउले अहिले द्रुत पूर्वाधार विकास, गरिबी निवारण, डिजिटल अर्थतन्त्र, पर्यावरण संरक्षण तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उनले बताए।

पहाडी भूगोललाई चुनौतीका रूपमा नभई अवसरका रूपमा उपयोग गर्दै चीनले पुल, सुरुङ र द्रुतमार्गमार्फत विकासको नयाँ मोडल निर्माण गरेको उनले बताए। ‘यदि समृद्ध बन्न चाहन्छौं भने पहिले सडक निर्माण गर्नुपर्छ’ भन्ने चीनको विकास अवधारणालाई कुइचोउले व्यवहारमा उतारेको उनको भनाइ थियो।

लुले सन् १९३४ मा यही क्षेत्रबाट सुरु भएको चिनियाँ रेड आर्मीको लङ मार्च चीनको इतिहासको निर्णायक मोड भएको उल्लेख गर्दै त्यसको भावना अहिले पनि चीनको विकासको प्रेरणास्रोत रहेको बताए।

विश्वका विभिन्न मुलुकसँग सहकार्य, अनुभव आदानप्रदान र साझा विकासलाई अझै बलियो बनाउने प्रतिबद्धता सीपीसीले दोहोर्‍याइरहेको छ।

उनले लङ मार्चको भावना केवल चिनियाँ कम्युनिष्ट पार्टीको मात्र नभई सम्पूर्ण चिनियाँ जनताको साझा सम्पत्ति भएको र यसले विश्वका अन्य मुलुकलाई पनि साहस, अनुशासन, त्याग र दीर्घकालीन सोचको प्रेरणा दिने बताए।

भविष्यतर्फ संकेत गर्दै उनले चीन विश्वका विभिन्न देशसँग अझ घनिष्ठ सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताए। विशेषगरी सुशासन, आर्थिक तथा व्यापारिक सहकार्य, लगानी, संस्कृति, पर्यटन, सञ्चार माध्यम र जनस्तरको आदानप्रदानलाई अझ मजबुत बनाउने योजना रहेको उनले स्पष्ट पारे।

उनले विश्वभरका पत्रकारहरूलाई चीनको विकासलाई आफ्नै आँखाले हेर्न र वस्तुगत रूपमा विश्वसामु प्रस्तुत गर्न आग्रह गरे। चीनले विदेशी सञ्चारमाध्यमसँग सहकार्य विस्तार गर्दै आपसी विश्वास, समझदारी र दीर्घकालीन साझेदारीलाई अझ सुदृढ बनाउन चाहेको उनको भनाइ थियो।

राजनीतिक दलहरूबीच अनुभव आदानप्रदान, स्थानीय शासन प्रणाली, विकास व्यवस्थापन तथा आधुनिक प्रविधिको प्रयोगका क्षेत्रमा पनि चीन सहकार्यका लागि तयार रहेको उनले बताए। विश्वले साझा चुनौतीहरूको सामना गरिरहेका बेला संवाद, सहकार्य र पारस्परिक सम्मान नै दिगो विकासको आधार हुने उनको भनाइ थियो।

लुले कुइचोउको विकास यात्रा चीनको विकास मोडलको एउटा प्रतिनिधि उदाहरण भएको बताए । भविष्यमा पनि सीपीसीले जनमुखी विकास, खुलापन, नवप्रवर्तन, हरित विकास तथा अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने योजना उनले सुनाए ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ७ : १८ बजे

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक