फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा « Khabarhub

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै अन्तिम १६ (प्रि–क्वार्टरफाइन)को समीकरण पूरा भएको छ । आज बिहान अन्तिम ३२ का खेल सकिएसँगै प्रि क्वार्टरफाइलनको समीकरण टुंगो लागेको हो ।

अन्तिम ३२ को खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दा ब्राजिलले जापानलाई हराएको थियो । यस्तै, जर्मनीले पाराग्वे, मोरक्कोले नेदरल्यान्ड्स, नर्वेले आइभरी कोस्ट तथा फ्रान्सले स्वीडेनलाई हराएका छन् ।

यसैगरी, मेक्सिकोले इक्वेडर, इंग्ल्यान्डले कङ्गो, बेल्जियमले सेनेगल, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिना, स्पेनले अस्ट्रिया, पोर्चुगलले क्रोएसिया, स्विट्जरल्यान्लण्ड अल्जेरियालाई पराजित गरे ।

यस्तै, आजै बिहान सम्पन्न खेलमा इजिप्टले अस्ट्रेलियालाई, अर्जेन्टिनाले केप भर्डेलाई तथा कोलम्बियाले घानालाई पराजित गरेर अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।

यता, चार पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो भएको क्रोएसिया, दाबेदार मानिएको नेदरल्यान्ड्स, एसियन पावरहाउस जापान, अफ्रिकन डार्क हर्स सेनेगलजस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन् ।

अन्तिम १६ मा कुन टिमले कोसँग खेल्दैछन् ?
विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ अन्तर्गत पहिलो खेल क्यानडा र मोरक्कोबीच हुँदैछ । यो खेल आज राति पौने ११ बजे सुरु हुनेछ ।
पाराग्वे र फ्रान्स : आइतबार बिहान पौने ३ बजे ।
ब्राजिल र नर्वे : सोमबार बिहान पौने २ बजे ।
मेक्सिको र इंग्ल्यान्ड : सोमबार बिहान पौने ६ बजे ।
पोर्चुगल र स्पेन : मंगलबार बिहान पौने १ बजे ।
अमेरिका र बेल्जियम : मंगलबार बिहान पौने ६ बजे ।
अर्जेन्टिना र इजिप्ट : मंगलबार राति पौने १० बजे ।
स्विट्जरल्यान्ड र कोलम्बिया : बुधबार बिहान पौने २ बजे ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ११ : ११ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको