तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड « Khabarhub

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा लाखौँ मानिसको भीड जुटेको छ। श्रद्धाञ्जलि दिन आउनेको संख्या निरन्तर बढेपछि तेहरानस्थित  मोसाल्ला मस्जिदका उत्तरी प्रवेशद्वारसमेत खोलिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेको चाप अत्यधिक बढेपछि मस्जिदका थप प्रवेशद्वार सञ्चालनमा ल्याइएको हो।

इरानी अधिकारीहरूले इरान र इराकका विभिन्न सहरमा आयोजना गरिने छदिने शोक तथा श्रद्धाञ्जली कार्यक्रममा एक करोड ५० लाखदेखि दुई करोडसम्म मानिस सहभागी हुने अनुमान गरेका छन्।

यसैबीच, इराकी सञ्चारमाध्यमहरूका अनुसार अन्तिम संस्कार कार्यक्रममा सहभागी हुन सहज होस् भन्ने उद्देश्यले बुधबार राजधानी बग्दादमा सार्वजनिक बिदा घोषणा गरिएको छ।

 अली खामेनीको अन्तिम संस्कार कार्यक्रम बिहीबार उनको गृहसहर मशहदमा सम्पन्न हुनेछ। त्यहाँ धार्मिक परम्पराअनुसार अन्तिम श्रद्धाञ्जलिपछि उनलाई दफन गरिने कार्यक्रम रहेको छ।

देशभर शोकको वातावरणबीच जारी श्रद्धाञ्जली कार्यक्रममा सर्वसाधारण, धार्मिक अगुवा तथा सरकारी अधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  १ : ०७ बजे

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका