कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन « Khabarhub

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षणका लागि मुस्ताङ पुगेका छन्।

शुक्रबार बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेते पुग्नुभएका मन्त्री लम्सालसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, मन्त्रालय तथा विभिन्न विभागका प्रतिनिधिहरू पनि सहभागी छन्।

कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार टोलीले सडक आयोजनाको प्रगति, पर्यटन प्रवर्द्धनका सम्भावना तथा आवश्यक पूर्वाधारबारे जानकारी लिने उद्देश्यले स्थलगत निरीक्षण गरेको हो।

निरीक्षणका क्रममा पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको उपस्थितिमा जोमसोम–कोरला सडकखण्डमा आवश्यक पूर्वाधार निर्माणका विषयमा छलफल भएको थियो। सो अवसरमा मन्त्री लम्सालले कोरला सडकखण्डमा निर्माण हुनुपर्ने पाँच वटा सडक पुलको कामलाई तत्काल ठेक्का प्रक्रियामा लैजान सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

आयोजना प्रमुख शर्माले जोमसोम–कागबेनी सडकखण्डको थप स्तरोन्नति तथा कागबेनी–छुसाङ सडकखण्डमा भइरहेको कालोपत्र निर्माणको प्रगतिबारे मन्त्रीलाई जानकारी गराएका थिए।

सरकारले कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङदेखि घमीसम्मको ५० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि तीन अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। कोरला नाकासम्मको सडकको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) सम्पन्न भइसकेकाले स्तरोन्नति र कालोपत्रको काम शीघ्र अघि बढाउनुपर्ने आवश्यकता पनि टोलीसमक्ष औँल्याइएको थियो।

मन्त्री लम्सालसहितको टोलीले आयोजना क्षेत्रका विभिन्न स्थानमा पुगेर सडक, पुल तथा अन्य पूर्वाधारको अवस्थाबारे स्थलगत जानकारी लिएको छ। स्थानीयले कालिगण्डकी नदीको कटान, बाढी र पहिरोका कारण कोरला सडक, पुल तथा अन्य संरचनामा प्रत्येक वर्ष क्षति पुग्ने जोखिम रहेको भन्दै दीर्घकालीन संरक्षणका उपाय अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  १ : ३२ बजे

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका

काभा भलिबल : पाकिस्तानसँग नेपालको लज्जास्पद हार

काठमाडौं – काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा

किसानले केराको उचित मूल्य पाए केरा : उत्पादक सङ्घ

चितवन – भारतबाट केरा आउन रोक लगाइएपछि यहाँका किसानले उचित