राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग « Khabarhub

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध भएका राजमार्ग तथा सडक तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। 

मुलुकका विभिन्न क्षेत्रमा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको उल्लेख गर्दै उनीहरूले शीघ्र मर्मतसम्भार गरी यातायात सहज बनाउन आग्रह गरेका हुन्।

सांसद गोमादेवी तिमिल्सिनाले वर्षायाममा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताउँदै मुग्लिन–नारायणगढ–काठमाडौं सडकखण्डसहित डोटी र बैतडीमा भइरहेका सडक दुर्घटनाप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। उनले मुख्य राजमार्गमा देखिएका अवरोध तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद दुर्गा गुरुङले मनसुन सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लाका सडक बाढीपहिरोले अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पुर्‍याउनसमेत कठिनाइ भइरहेको बताए। बर्सेनि दोहोरिने सडक अवरोधको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग पहल गर्न उनले आग्रह गरे।

सांसद नरबहादुर विष्टले सुर्खेत–कालीकोट रुटमा सञ्चालन भइरहेको सार्वजनिक यातायात सेवा दैलेखमा हराएको घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे।

सांसद नारायणदत्त मिश्रले सरकारले रासायनिक मल डीएपी महँगो मूल्यमा खरिद गरेको हो कि भन्ने प्रश्न उठाउँदै नेपाल र भारतबीच खरिद मूल्यमा देखिएको अन्तरबारे छानबिन हुनुपर्ने धारणा राखे।

यस्तै, सांसद युवराज शर्माले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको वितरण अवरुद्ध भएकाले नियमित खानेपानी आपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरे।

सांसद सुरेशकुमार आले मगरले भने सरकारले सांसदहरूले पटकपटक उठाएका प्रश्नको जवाफ नदिएको गुनासो गर्दै त्यसको विरोधस्वरूप आजको बैठकमा आफूले कुनै जिज्ञासा नराखेको बताए।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  २ : २३ बजे

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद