कङ्गोमा इबोला सङ्क्रमण तिव्र « Khabarhub

कङ्गोमा इबोला सङ्क्रमण तिव्र


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको छ । एक हजार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको घटनाहरू रिपोर्ट गरिएकोमा ४७३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

डीआरसीका जनस्वास्थ्य अधिकारीहरूले शुक्रबार जारी गरेको पछिल्लो  प्रतिवेदन अनुसार ६२८ जना इबोला सङ्क्रमित बिरामीहरू हाल अस्पतालमा भर्ना भएका छन् भने २२९ जना निको भएका छन् । यो बाहेक ६३ जनाको मृत्यु सहित कुल २१३ जना सङ्क्रमितको रिपोर्ट गरिएको छ ।

 पत्रकारहरुसँगको साक्षातकारमा बोल्दै अफ्रिकाका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक मोहम्मद याकुब जनाबीले पूर्वी प्रान्त इटुरी र उत्तरी किभुमा संक्रमण जारी रहेकाले अवस्था गम्भीर रहेको बताए । 

जनाबीले हालको प्रकोप अहिले सम्म रेकर्ड गरिएको सबै भन्दा ठूलो  इबोला प्रकोप भएको बताए । 

डीआरसीमा डब्ल्यूएचओ विशेषज्ञ पियरे अकिलिमालीले असुरक्षा र सशस्त्र समूह गतिविधिहरूबाट प्रभावित क्षेत्रहरूमा प्रकोप भइरहेको र केस पत्ता लगाउन र सम्पर्क पत्ता लगाउन गाह्रो भएको बताए। इटुरीका केही प्रभावित क्षेत्रहरू खानी क्षेत्रहरू भएकाले बाहिरबाट मानिसहरूको बारम्बार आवागमनले भाइरस सर्ने जोखिम बढाएको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनले बुन्डिबुग्यो भाइरसको सङ्क्रमणले गर्दा हुने इबोला रोगको सम्भावित उपचारको मूल्यांकन गर्न डीआरसीमा बिरामीहरू भर्ना गर्न क्लिनिकल परीक्षण सुरु भएको जनाएको छ । जसको लागि हाल सम्म कुनै स्वीकृत खोप वा विशिष्ट उपचार पत्ता लागेको छैन । 

प्रकाशित मिति : २० असार २०८३, शनिबार  २ : ३१ बजे

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका