पदाधिकारी नियुक्ति प्रक्रिया पारदर्शी बनाइने छ : मन्त्री मेहता « Khabarhub

पदाधिकारी नियुक्ति प्रक्रिया पारदर्शी बनाइने छ : मन्त्री मेहता


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई थप सक्षम र प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारले आवश्यक कानुनी सुधार अघि बढाएको बताएकी छन्। उनले प्रतिष्ठानका पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र व्यवस्थित बनाइने स्पष्ट पारेकी छन्।

शनिबार बसेको राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै मन्त्री मेहताले नियुक्ति प्रणालीलाई थप निष्पक्ष र उत्तरदायी बनाउने गरी विधेयक ल्याइएको जानकारी दिइन्।

उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुशासन र संस्थागत क्षमता अभिवृद्धिका लागि पदाधिकारी छनोट प्रक्रियामा पारदर्शिता र खुला प्रतिस्पर्धालाई प्राथमिकता दिइएको बताइन्।

मन्त्री मेहताले प्रस्तुत गरेको उक्त प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू रेणु चन्द, वासुदेव घिमिरे, मीना सिंह, धर्मेन्द्र पासवान, विष्णुबहादुर विश्वकर्मा र सोमनाथ पोर्तेलले भाग लिँदै आफ्ना धारणा राखेका थिए।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ३ : ४५ बजे

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी