सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री  « Khabarhub

सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री 


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ- गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा सुदृढ बनाउने र प्रहरीका भौतिक पूर्वाधार सुधार गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

नेपाल–भारत सीमाक्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिन मोरङ पुगेका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै देशभरका प्रहरी कार्यालयका जीर्ण भवनको पुनःनिर्माण र स्तरोन्नतिका लागि सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए।

उनले विभिन्न जिल्लाका प्रहरी कार्यालयका भवन जीर्ण अवस्थामा रहेको जानकारी आफूलाई भएको उल्लेख गर्दै प्रहरी संगठनलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार सुधार अपरिहार्य रहेको बताए।

मन्त्री गुरुङले सीमा सुरक्षालाई थप मजबुत बनाउन सुरक्षा संयन्त्र सक्रिय रहेको पनि बताए। उनका अनुसार चोरी–तस्करी नियन्त्रण, सीमा क्षेत्रमा सुरक्षा निगरानी विस्तार तथा सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने दिशामा गृह प्रशासनले काम गरिरहेको छ।

उनले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्दै शान्ति सुरक्षा सुदृढ बनाउन सरकारले आवश्यक कदम अघि बढाइरहेको समेत बताए।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ४ : २१ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको