सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री  « Khabarhub

सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री 


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ- गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा सुदृढ बनाउने र प्रहरीका भौतिक पूर्वाधार सुधार गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

नेपाल–भारत सीमाक्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिन मोरङ पुगेका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै देशभरका प्रहरी कार्यालयका जीर्ण भवनको पुनःनिर्माण र स्तरोन्नतिका लागि सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए।

उनले विभिन्न जिल्लाका प्रहरी कार्यालयका भवन जीर्ण अवस्थामा रहेको जानकारी आफूलाई भएको उल्लेख गर्दै प्रहरी संगठनलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार सुधार अपरिहार्य रहेको बताए।

मन्त्री गुरुङले सीमा सुरक्षालाई थप मजबुत बनाउन सुरक्षा संयन्त्र सक्रिय रहेको पनि बताए। उनका अनुसार चोरी–तस्करी नियन्त्रण, सीमा क्षेत्रमा सुरक्षा निगरानी विस्तार तथा सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने दिशामा गृह प्रशासनले काम गरिरहेको छ।

उनले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्दै शान्ति सुरक्षा सुदृढ बनाउन सरकारले आवश्यक कदम अघि बढाइरहेको समेत बताए।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ४ : २१ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६