बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित « Khabarhub

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र प्रदेश आर्थिक विधेयक २०८३ लाई बहुमतले पारित गरेको छ ।

बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश विनियोजन विधेयक २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । 

प्रदेशसभाका सदस्यहरू क्रमशः ईश्वर सापकोटा, सृजना सैजु र रत्नप्रसाद ढकालले सरकारको आर्थिक वर्ष २०८३-८४ को वार्षिक बजेटमा ल्याइएको रकमको खर्च कटौती गरियोस् भनी ल्याइएको प्रस्तावलाई सो बैठकको बहुमतले अस्वीकृत गर्‍यो । 

साथै बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री तामाङले प्रदेश आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । प्रदेश आर्थिक विधेयक २०८३ को सैद्धान्तिक पक्षमा मात्र छलफल गरिएको थियो । 

विधेयकमाथि सृजना सैजु, रत्नप्रसाद ढकाल र नुरज बज्राचार्यले छलफलमा सहभागी हुँदै सरकारले यातायात क्षेत्रका उपभोक्ताहरूलाई लाइन्सेस नवीकरणलगायत अन्य सेवा लिन बढी करको भार थपिने भएकाले सो प्रक्रियालाई संशोधन हुनुपर्ने सुझाव दिए । 

त्यस अवसरमा मन्त्री तामाङले छलफलमा उठेको प्रश्नहरूको जवाफ दिँदै राज्य सञ्चालन गर्न कानुनसम्मत करको दायरा हेरफेर गर्न र केही रकम बढाउन सकिने भएकाले सर्वसाधारण नागरिकलाई सेवा विस्तारमा थप सुविधा उपलब्ध गराइने बताए।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलगायत विभिन्न मन्त्रीले विभिन्न मन्त्रालयका विषयमा छलफल उठेका प्रश्नहरूको जवाफ दिएका थिए । 

प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका थिए । 

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ६ : २१ बजे

केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको